अपडेट 
२०७७ बैशाख २२, सोमबार ०६:५४

काठमाण्डु ।नेपालमा आइतवार एकै दिन १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोछ । अब कुल संक्रमितको संख्या ७५ पुगेको छ । १६ जना निको भइसकेकाहरु मध्ये २ जना फेरी अस्पताल भर्ना भएका छन् ।

प्रदेश नम्बर ५ को बाँके जिल्लाको नेपालगन्जमा १५ जना संक्रमित पुष्टि भएका छन् । प्रदेश नम्बर २ को पर्सा जिल्लाको वीरगन्जमा १ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

हाल सम्म एकै दिन सबै भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु प्रदेश नम्बर १ को उदयपुरमा १२ जना भेटिएका थिए ।त्यो भन्दापनि बढी संक्रमित नेपालगञ्जमा फेला परेका छन् ।नेपालगञ्जमा आइतवार १५ जना कोरोना संक्रमितको पुष्टि भएकोछ ।

संक्रमितहरु मध्ये सबै भन्दा कम उमेर ७ वर्षका छन् । बढीमा ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि हाल सम्म संक्रमितको संख्या ७५ पुगेको छ ।७७ जना चिकित्सकको निगरानीमा छन् ।१३ हजार ४ सय स्वाब परीक्षण पीसीआर प्रबिधिबाट भएकोछ । देशको क्वारन्टीनमा २१ हजार ९ सय ५१ जना छन् । ७७ जना आइसोलेशनमा रहेका छन् ।

द्रुत परीक्षण विधिमा आरडीटी किट प्रयोग गरेर ४९ हजार ६ सय ८८ वटा परीक्षण सम्पन्न भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएकोछ ।

Comment


Related News

Latest News

Trending News