अपडेट 
२०७७ बैशाख २२, सोमबार ०७:०८

वीरगञ्ज ।कोरोना भाइरसको संक्रमण परीक्षणमा लापर्वाही हुन थालेकोछ ।निगेटिव भएर घर फर्केकाको रिर्पोट पोजेटिव आएको भन्दै हप्तापछि फेरी आइसोलेशनमा राख्न थालिएकोछ ।

यसैबीच पर्सा जिल्लाको वीरगन्जका एक युवकमा कोराना रोग संक्रमण भएको पुष्टि भएको छ । वीरगंज–३ छपकैयाकै ३६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको नारायणी उप क्षेत्रीय अस्पतालले जनाएको छ । कोभिड १९ परिक्षणमा पोजिटिभ देखिएसँगै प्रशासनले उनलाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखेको छ । वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष बैजु स्वर्णकारसंगै स्वाब परिक्षण गराउने युवकमा पोजेटिभ देखिएको नारायणी अस्पतालका एक चिकित्सकले बताए । कोरोना संक्रमित युवक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पनि हुन् । नेकपा पार्टीका वडा स्तरीय राहत वितरण सर्वदलिय समितिका प्रतिनिधि रहेका उनी तीन दिन विभिन्न स्थान पुगेर घरघरमा राहत बाँडेका थिए । सो क्रममा केही स्थानमा वडा ३ का अध्यक्ष वैजु स्वर्णकार पनि सहभागि भएकाथिए ।

राहत बितरण कार्यमा विरगन्ज महानगरपालिकाका संक्रमित कर्मचारीसंगै घुमफिर गरकोले रोग सरेको आशंका गरिएको छ ।महानगरपालिकाका सरसफाइका संक्रमित कर्मचारी मिलनसार व्यक्ति भएको र साथी भाइ तथा इष्ट मित्रहरुलाई सुर्ती बनाएर खुवाउने गरेको कारण अझ केहि व्यक्तिहरुमा रोग सरेको आशंका गर्न थालिएको छ । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले वीरगंजमा भेटिएका नयाँ संक्रमितलाई अस्पतालमा राखेर उनको घर निगरानीमा राखिएको बताइन् । यससँगै नेपालमा ७५ जनामा कोरोनाको संक्रमण देखिएको छ।

यसअघि वीरगंज ३ छपकैयाका ५५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । संक्रमित ३ जना भारतीय नागरिकको सम्पर्कमा रहेका थिए ।अस्पतालबाट विदा भएका ३ जना जमाती मध्ये एकजनालाई आइतवार फेरी आइसोलेशनमा राखिएकोछ ।उनको चौथो पटकको रिर्पोट निगेटिव आएपछि अस्पतालबाट गत आइतवार छुट्टी गरिएको थियो ।तर परीक्षणको रिर्पोट नै गडबड भएकाले उनलाई फेरी आइसोलेशनमा राखिएको बताइएकोछ ।

वडा ३ मा नयाँ संक्रमित देखिएसँगै छपकैयामा सुरक्षा व्यवस्था कडा पारिएको छ । गत शुक्रवार नारायणी अस्पतालमा वडा अध्यक्षसहित ती युवकको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । आइतवार प्राप्त रिर्पोटमा वडाअध्यक्षको निगेटिव देखिएको तर युवकको पोजेटिव देखिएकोछ ।

यसैबीच आइतवार बीरगञ्ज स्थित नारायणी अस्पतालबाट कोरोना भाइरसलाई जितेर फुलमाला लगाई घर फर्केका रौतहट ईशनाथ नगरपालिकाका युवकको रिर्पोट पोजेटिव रहेको भन्दै शनिवार साँझ आइसोलेशनमा भर्ना गरिएकोछ ।

बीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ छपकैयामा रहेका तीन जना भारतीय जमातीसँगै इशनाथ नगरपालिकाका युवकको पनि चौथो टेस्ट निगेटिव भएको जनाउँदै अस्पतालले बिदा गरेको थियो ।घरमा अचानक एम्बुलेन्स सहित सुरक्षाकर्मी पुगेपछि उनी अवाक्क भएका थिए ।रिर्पोट पोजेटिव देखिएको नभनेर उनलाई लगिएको परिवारजनले जनाएका छन् ।

हप्तादिन अघि अस्पतालबाट छुट्टी भएर घर फर्केका युवक परिवारमा बस्दै आएका थिए ।नारायणी अस्पतालको आइसोलेशनमा राखिएका युवकको रिर्पोट गल्तीले निगेटिव भएको बताइएकोछ ।उनको दुईवटा रिर्पोट निगेटिव आएको तर पछिल्लो दुईवटा पोजेटिव आएको स्रोतहरुले बताए ।युवकको रिर्पोट पोजेटिव रहेपनि राष्ट्र्यि प्रयोगशाला टेकुले अर्काको निगेटिव रिर्पोटलाई युवकको रिर्पोट भन्दै पठाइदिएको बताइएकोछ ।

युवकलाई शनिवार साँझ नारायणी अस्पतालको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टोलीले लगेको रौतहट जिल्लाका प्रहरी प्रमुख रवीराज खड्काले बताए ।खड्काका अनुसार युवक घर आएदेखि नै होम क्वारेन्टाइनमा बसेकाले अन्य मानिसहरुसित सम्पर्क भएको छैन् ।तर स्वस्थ्य भइसकेका मानिससित घरका सदस्यहरु नजिक गएको हुन सक्ने भएकाले कम्तिमा त्यो परिवारका मानिसहरुको स्वाब परीक्षण गर्नुपर्ने स्थानीयहरुले बताएका छन् ।

ईशनाथका युवक घर फर्किएकै दिन रौतहटको चन्द्रनगर क्वारेन्टाइनबाट घर फर्किसकेका युवकको पुनःपरीक्षणको रिर्पोट पोजेटिव आएपछि नारायणी अस्पतालमा लगिएको थियो ।उनी ११ दिन घर बसेर आइसोलेशनमा भर्ना भएका थिए ।त्यस अघि उनको रिर्पोट निगेटिव आएको थियो ।यस सम्बन्धमा टेकु प्रयोगशालाकी निर्देशिका डा.रुना झासित पटक पटक सम्पर्क गर्ने प्रयासगर्दापनि सम्पर्क हुन सकेन्

एकजना संक्रमितबाट द्रुतगतिमा नै कयौं मानिसमा सर्न सक्ने कोरोना भाइरसको संक्रमण परीक्षणमा चरम लापर्वाही हुन थालेकोछ ।सर्लाही जिल्लाका एकजना किसोरको पनि पीसीआर रिर्पोट निगेटिव आएको र पुनःजाँचमा पोजेटिव देखिएको थियो ।

नारायणी अस्पतालमा अहिले कोरोना संक्रमित ९ जनाको उपचार भइरहेकोछ ।त्यस मध्ये तीन जना रौतहट जिल्लाको, दुई जना बारा जिल्लाको र एकजना सर्लाही जिल्लाका छन् ।तर अस्पतालले रौतहट इशनाथको युवक फेरी अस्पताल भर्ना भएको बताएको छैन् ।उनलाई पुरानै रोगीको सुचीमा रहेको देखाइएकोछ ।

प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको पोर्टेवल मेसिनमा निगेटिव भेटिएका तीन जनाको रिर्पोट काठमाण्डुस्थित राष्ट्र्यि प्रयोगशालाबाट पोजेटिव आएको थियो ।तर गत हप्ता निगेटिव भनिसकेको रिर्पोटलाई फेरी पोजेटिव भएको जनाउ दिएकोछ ।टेकु अस्पतालमापनि लापर्वाही देखिएकोछ ।

नारायणी अस्पतालमा अहिले पर्साका ४, बाराका २, रौतहटका ३ र सर्लाहीका १ जनागरि १० जना संक्रमितको उपचार भइरहेको छ ।त्यस मध्ये २ जनाको रिर्पोट निगेटिवपछि फेरी पोजेटिव आएको हो ।

Comment


Related News

Latest News

Trending News