अपडेट 
२०७७ बैशाख २२, सोमबार ०७:४३

बीरगंज । सरकारले लगाएको बन्दाबन्दी तथा समाजिक दुरीलाई चुनौति दिदै नेपाली कांग्रेस पर्साले आइबार बिरगन्जमा प्रर्दशन गरेको छ ।

नारयाणी अस्पतालमा जेनरल अस्पतालको रुपमा संचालन गर्न मांग गर्दै नेका पर्साले प्रर्दशन गरेको हो ।प्रदेश नम्बर ४को सर्लाहि देखि बिरगन्जका कारोना संक्रमितहरुको अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारले नारायणी अस्पतालर्ला अस्थायी कोभिड अस्पताल स्थापना गरेको बिरोधमा नेपाली कांग्रेस पर्साले आन्दोलन गरेको छ ।

चैत ३० गते बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संघीय सरकारले नारायणी अस्पताललाई नै कोरोना उपचारको लागि लेभल टु अस्पतालको रुपमा घोषणा गरेको थियो ।

कारोना संक्रमण नियन्त्रणको लागी संघीय सरकारले बनाएको स्थास्थ्य अनुगमन टोलीका पदाधिकारीहरुको नेशनल मेडिकल कलेजसंगको अनैतिक गठजोरका कारण नारायणी अस्पतालाई कोभिड अस्पताल घोषणा गरिए पछि केहि समय देखि समाजिक संचालको माध्यमबाट बिरोध भइरहेको थियो ।सरकारी टोलीकै सहमतीमा नारायणी अस्पतालका सबै बिरामीहरुको उपचार नेशनल मेडिकल कलेजमा गर्ने सरकारी निर्णयको नेपाली कांग्रेस पर्साले आज एक घन्टा प्रदेशन गर्दै जेनेरल अस्पतालको रुपमा स्थापना गर्न मांग गरेको छ ।

मालपोत कार्यालय अगाडिको रोड देखी विर्ता मन्दिर सम्मको रोडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निस्केर प्रदर्शन गरेका हुन् । लकडाउन र समाजिक दुरीलाई बिथोलदै नेपाली कांग्रेसले गरेको प्रदर्शनमा सहभागि नेता तथा कार्यकर्ताहरुले संघीय सरकारको बिरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नारायणी अस्पतालमा पुन स्वास्थ्य उपचार सुरु गर्न माग गरेका थिए ।

नारायणी अस्पतालाई कोरोना मुक्त गराऔ, कोरोना अस्पतालको लागि वैकल्पिक व्यवस्था होस्, नारायणी अस्पताललाई जोगाऔ, कोरोना अस्पतालाको अन्त कही व्यवस्था होस, नारायणी अस्पतालमा जनताको उपचार पुन सुरु होस् भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर कांग्रेस नेता तथा कार्यकर्ताले उक घण्टा प्रर्दशन गरेका थिए ।
प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, ओमप्रकाश शर्मा, नेता राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री, जिल्ला सचिव श्याम पटेल लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News