अपडेट 
२०७७ बैशाख २२, सोमबार १२:१५

जनकपुरधाम । मारवाडी सेवा समिति जनकपुरधामले लकडाउन प्रभावितलाई निःशुल्क भोजन वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । आइतबार १४औ दिन पनि गरिब, विपन्न परिवारलाई निःशुल्क भोजन वितरण गरेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नको लागि सरकारले लागू गरेको लकडाउनका कारण दैनिक मजदुरी गरि जीवनयापन गर्दै आएका गरिब, बिपन्न परिवार हरुको अवस्था दयनीय भएको छ ।कामकाज नहुँदा छाक टार्न समस्या भएपछि मारबाडी सेवा समितिले गएको दुई सातादेखि यस्ता परिवारलाई निःशुल्क भोजन वितरण गर्दै आएको छ ।

आइतबार एकादशी भएको हुनाले हिन्दु धर्ममा भात नखाने परम्परालाई मध्येनजर गर्दै समितिले पुरी, तरकारी,बुनिया र अचार वितरण गरेको छ । यसअघि आईतबार दैनिक दिदैँ आएको भात, दाल, तरकारी,अचार वितरण गरेको थियो ।यसअघि जानकी नवमीको दिन पनि समितिले पुरी, तरकारी, हलुवा र अचार वितरण गरेको थियो ।समितिले दैनिक करिब ५०० भन्दा बढि व्यक्तिलाई निःशुल्क भोजन वितरण गर्दै आएको छ ।

प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म मारवाडी सेवा समिति जनकपुरधाम अगाडि व्यवस्थित ढबले सामाजिक दुरी कायम गरी भोजन वितरण गरिने कार्य गर्दै आएको छ ।निःशुल्क भोजनमा दिनानुदिन सहभागिता बढदै गएको समितिका अध्यक्ष ललित कुमार बजाजले बताए । समितिको प्राबगन अगाडि बसेर भोजन गर्न सक्नुका साथै भोजन घर लग्न मिल्ने व्यवस्था पनि मिलाइएको अध्यक्ष बजाजले बताए ।

त्यस्तै लकडाउनको पालना गराउन नगर क्षेत्रमा तैनात सुरक्षाकर्मीहरुलाई दिउँसो पानी,चाउचाउ, बिस्कुट कार्यस्थलमा नै पु¥याउन समितिले दुईवटा स्कुटरबाट सेवा उपलब्ध गराएकोछ । स्कुटरबाट पानी,चाउचाउ, बिस्कुट लगायतका समानहरु सुरक्षाकर्मीलाई यथास्थानमा नै पु¥याएर सहयोग गरिरहेको अध्यक्ष बजाजले जानकारी दिए ।

लकडाउन सुरु भएसंगै धनुषा जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका ५१० गरिब तथा विपन्न परिवारलाई समितिले घरमै गएर राहत वितरण गरेको थियो ।आइतबार भोजन वितरण कार्यक्रममा जानकी मन्दिरका छोटे महन्त राम रोशन दास पनि सहभागी भएका थिए ।

मारवाडी सेवा समितिले लकडाउनको समयमा गर्दै आएको निशुल्क भोजन वितरण कार्यक्रम सराहनिय रहेको महन्त दासले बताए ।

Comment


Related News

Latest News

Trending News