अपडेट 
२०७७ बैशाख २२, सोमबार १२:३१

वीरगन्ज ।‘मारो पास पैसा है ,सबको खरिद लुगा’ । धर्मशाला काण्डामा अजयको खरिदा, वा के लुगाइका एनजिओको लाखोका काम देवे हि हुँ इधरउधर करोगो कोनी । नेशनल मेडिकल कलेज नक्सा मे प्रभुको खरिदों हुँ, और सब एसे हि छोटोमोटो फाइदा खातिर लाइनमा रहो हो, अब कि बार रोहबरको भि खरिद लिया हु, कहाँ जाओगो चितवन से भी रेणु दिदि के एक फोन कलपर लाइनमा आगयो हो,’ वीरगन्जका उधोगी मडवारी समाजमा चर्चित सम्बाद बनेको छ । केहि समयदेखि व्यपारीमाझ आफ्नो रवाफ जमाउन नगर प्रमुख बिजय कुमार सरावगीले सुनाउने गरेको यो सम्वाद चर्चाको बिषय बनेको हो ।

लकडाउन सुरु भएको झण्डै डेढ महिना हुन लाग्यो, जनताले कति समस्या भोगे तर वीरगन्जमा एक पटक पनि सर्वदलीय बैठक बसेन । लकडाउनको ४१ औं दिन आइतवार भने वीरगन्ज महानगरपालिका स्तरीय सर्वदलीय बैठक भएको छ । जसले वीरगन्जस्थित नारायणी अस्पताललाई सर्वसधारको उपचारमा प्रयोग ल्याउन निर्णय गरेको छ । स्थानीय स्तरमा आवाज उठे अनुुरुप नै यस्तो सर्वदलिय बिचार आएको छ ।यसअघि एउटा निजी अस्पातलाई फाइदा हुनेगरी र सार्वजनिक खरिद ऐन तथा नियमावली बिपरित वीरगन्ज महानगरपालिकाले यहाँ स्थित गण्डक अस्पतालसंग कोरोना अस्पताल बनाउने भनेर लिखित सम्झौता गरेको थियो ।

आफुले नै अह्वान गरेको ३ दिने सुचनाको बिरुरुद्धमा उक्त निर्णय गराउने वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीको अध्यक्षतामा नै बसेको बैठकले नारयाणी अस्पताललाई आम उपचारमा ल्याउन र बेग्लै कोरोना अस्पताल स्थापना तथा संचालन गर्न अनुरोध गरेको छ । तर उक्त बैठकपछि राजनीतिक दलहरुको स्थानीय नेतृत्वको ओज खसेको बिषय भने वीरगन्जमा चर्चाको बिषय भएको छ । महानगरपालिकाका नगर अध्यक्ष सरावगीले अध्यक्षता गरेको बैठक स्वतः नगरस्तरीय भएकोले त्यसमा दलका नगर अध्यक्षहरु सामेल हुनुपर्नेमा जिल्ला अध्यक्षहरु आफैले त्यो भुमिका गरेका छन् । जसले गर्दा उनीहरुको हैसिय र नियत माथी चोतर्फि प्रश्न उठिरहेको छ रु

नेकपाका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीको ठाउँमा प्रभु हजराले, नेपाली काँग्रेसका वीरगन्ज महानगर अध्यक्ष भोला कलवारको ठाउँमा अजय कुमार द्विवेदी, जनता समाजवादी पार्टी वीरगन्ज महानगर अध्यक्ष ९साबिक समाजवादी पार्टीतर्फबाट० इश्वरचन्द्र यादवको ठाउँमा रामनरेश यादव र सोही पार्टीको अर्का नगर अध्यक्ष ९साबिक राजपातर्फबाट० ओमप्रकाश सर्राफको ठाउँमा जगदीश पटेल नगरस्तरमा झरेर बैठकमा भाग लिएका छन् ।

गत चैत ३० गते वीरगन्जको छप्कैया वडा नम्बर २ को एउटा यतिमखाना ९अनाथालय०संगैको मस्जिदबाट ३ जना भारतीय मुस्लिमहरु संक्रमित फेला परेपछि उक्त क्षेत्र ४ दिनसम्म सिल गरियो । सो अवधीमा छप्कैयाका हजारौं मानिसहरु भोकभोकै रात बिताउदाउने बेला संर्वदलिया बैठक बसेन, अनलाईनबाट छलफल भएन वा साझा बिज्ञप्ति यहाँ निकालिएन । त्यस बेला वीरगन्जको अन्य क्षेत्रमा पनि औषधी बाहेक सबै पसलहरु बन्द गराइए पछि मानिसहरु समस्या भोगे ।लगभग डेढ महिनाको ठुलो अन्तरालमा अरु पनि अनेक समाजीक तथा आर्थिक बाधा र समस्या वीरगन्जले भोग्यो तर यि दलहरुको सामुहिक आवाज कतै सुनिएन । अहिले आचानक आएर चारदलिय बिज्ञप्ति मुखर भएको छ ।

लोकतन्त्रमा उच्च मानिने दलीय ब्यवस्थाको ओज खस्काउने गरी नगर प्रमुखको अध्यक्षतामा जिल्ला अध्यक्षको उपस्तिथि भयो । निर्वा्चित जनप्रतिनिधि सम्बन्धित ठाउँमा ठुलो भए पनि दलिय मामिलामा उसको आफ्नो दलभित्रको हैसियत देखिन्छ ।तर अहिलेसम्म कुनै छलफल वा सहकार्य देखिएको छैन ।विगत तिन बर्षको अन्तरालमा वीरगन्जमा रहेका सबै दलका नेताहरुलाई चन्दा र कमिशनको बलमा धुलो लगाउदै आएका नगर प्रमुख सरावगी पुन अर्को बिवादस्पद कमिशनको खेलमा फसाउने अभियानमा लागेका छन्

अहिले कुनै भुमिका गर्न नसकेका जिल्ला अध्यक्षहरुले भुमिका देखाउनैका लागि यस्तो गरेको कतिपयको बुझाई छ भने यसलाई गण्डक अस्पताको पक्षमा नगरप्रमुख सरावगीको पहलकदमीको रुपमा कतिपयले यसलाई लिएका छन् । कुनै निजी अस्पतालको नाम उल्लेख नगरेकोले सर्वदलिय बैठकबाट प्रस्तुत गरिएको माग भने समयसापेक्ष नै छ । यसको भित्रि उदेश्य अहिले नै ठम्याइ हाल्दा हतार हुने जिल्लाका एक जना नेता सुन्दर कुर्मीले बताए ।

‘जिल्ला अध्यक्षज्युहरु आ–आफ्नो नगरअध्यक्ष पठाउनु पर्ने ठाउँमा स्तर खस्काउदै आफै गएरको हुनाले यो राजनीतिक ह्रास नै हो, नयाँ नेतृत्व बिकासमा पनि यसै प्रबृतिले बाधा छ,’ नेता कुर्मीले भने, ‘यहीँ निर्णयको लागि पार्टीको तर्फबाट नगर अध्यक्षहरुलाई निर्देशन दिएर उहाँहरुले बैठकमा भाग लिन पाठाएको भए हुन्थ्यो, वा बरिष्ठताको अधारमा एक जना जिल्ला अध्यक्ष ज्युले अध्यक्षता गरेर त्यसमा नगरप्रमुख सरावगीलाई बिशेष उपस्थिती गराएको भए हुन्थ्यो ।’

Comment


Related News

Latest News

Trending News