अपडेट 
२०७७ बैशाख २२, सोमबार १२:४५

लाहन । सिराहाको बुधौराकी ३० वर्षीया ममतादेवी यादव कोही नयाँ मान्छे आउनासाथ आँसु थाम्न सक्दिनन् ।

वैदेशिक रोजगारीमा गएका काशिन्द्र यादवको एक महिनाअघि कतारमा मृत्यु भएपछि उनका आमाबुबा, पत्नी र छोराछोरीको बिचल्ली भएको ,आजको नयाँ पत्रीकामा सुरेन्द्रकुमार कामती द्वारा लिखित समाचार छापिएको छ । पतिको मृत्युको खबर सुनेदेखि ममतादेवीलाई खाना रुचेको छैन, उनी कोहीसँग बोल्न मन गर्दिनन् ।

पतिको मृत्युपछि माइत बस्दै आएकी ममतादेवी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । तीन वर्षीया छोरी प्रिया, पाँच वर्षीय छोरा आकाश र सात वर्षका आदर्श पनि बुबाको मृत्युको शोकमा छन् ।

खाना नखाँदा र चिन्ता मात्रै गरिरहँदा ममता पटकपटक बेहोस हुँदै आएकी आमा सुमित्रादेवी यादवले सुनाइन्। तीन छोराछोरी हुर्काउने र राम्रो शिक्षादीक्षा प्रदान गर्ने उद्देश्य लिएर बिदेसिएका पतिको उतै मृत्यु भएपछि ममतादेवीको सपना चकनाचुर भएको छ। उनी अन्धकार भविष्यको चिन्ताले पिरोलिएकी छिन्।

२१ चैतमा कतारमा मृत्यु भएका काशिन्द्रको शव अझै उतै छ । उनी गत २० कात्तिकमा रोजगारीको लागि कतार पुगेका थिए। उड आर्किटेक्चरल वर्क नामक कम्पनीमा काम गर्दै आएका काशिन्द्रको हृदयघातको कारण मृत्यु भएको उनका बुबा कारी यादवले बताए।- साभार नया पत्रीका

Comment


Related News

Latest News

Trending News