अपडेट 
२०७७ बैशाख २२, सोमबार १३:२८

राकेश यादव
गौर ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति रौतहटका सभापति कृष्ण प्रसाद यादवले नेपाल सरकारको रबैयाप्रति असंतुष्टि जनाएका छन।कोरोना भाइरसको संकास्पद व्यक्तिको लागी स्थापना गरीएको क्वारेन्टाइनमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुग्ने उदेश्यले आफनो निजि स्रोतबाट पिपिइ सेट,सर्जिकल माक्स,हैण्ड सैनिटाइजर ,सावुन हस्तानान्तरण गर्नको लागी रौतहटको राजदेवी नगरपालिका वडा नं.७ मुडवलवा स्थित नेमधारी बासुदेव नमुना विधालयमा स्थापना गरिएको क्वारेनटाइनमा स्वास्थ्य समाग्री हस्तान्तरण गरेपछि संचारकर्मीसित कुरा गर्दै सभापति यादवले नेपाल सरकार कोभिड १९ को संक्रमण रोकथाम प्रति गम्भीर नभएको आरोप लगाए ।

पूर्व सांसद समेत रहेका यादवले नेपाली जनताको स्वास्थ्य सुरक्षा प्रति सम्वेदनसिल भएर लाग्नुको साटो सतापक्ष दल प्रधानमन्त्री बनाउने खेलमा लागेको आरोप लगाए ।विश्व कोरोनाको महामारीवाट आक्रान्त बनेको अवस्थामा नेपालमा सरकार बनाउने,पार्टी फुटाउने खेलमा लागेको आलोचना गरे ।नेपालमा भाइरसको संक्रमण फैलिएमा नियन्त्रण गर्न सक्ने क्षमता नेपाल सरकारको नरहेकोले भयावह अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरे ।

सभापति यादवले स्वास्थयकर्मी,सुरक्षाकर्मी अग्रपंथिमा रहेर कार्य गर्दै आएकोले उनीहरुको स्वास्थ्यको ध्यान दिनुपर्ने धारणा राखे ।प्रादेशिक प्रयोगशाला जनकपुरको पिसिआर परिक्षण प्रति चिन्ता व्यक्त गर्दै उहाले दक्ष योग्य चिकित्सकको साथै स्तरिय मेशिनको व्यवस्था गर्नु पर्ने जोड दिए ।दिनदिनै बढदै गएको संक्रमणको अवस्था नियन्त्रण नभए मुलुकमा जटिल अवस्था आउन सक्ने उल्लेख गरे ।प्राणघातक रोगको रुपमा रहेको कोरोनाको संक्रमणवाट जोगिनको लागी आफनो सुरक्षा आफै गर्नु पर्ने आग्रह गरे ।

सभापति यादवले आफनो निजि स्रोतवाट जिल्लाको विभिन्न स्थानिय तहमा बनाइएको क्वारेन्टाइनमा पिपिइ ४ सेट ,सावुन ३० पिस , सर्जिकल माक्स , सैनिटाइजर सहयोग गरेका छन ।मुडवलावा क्वारेन्टाइनमा ९४ जना भारतीय नागरिक रहेका छन । बसेकाहरुको अहिले सम्म संक्रमणको कुनै लक्ष्ण देखा नपरेको स्वास्थ्य परिक्षणको लागी खटेका स्वास्थ्यकर्मीले बताएको छ ।

Comment


Related News

Latest News

Trending News