अपडेट 
२०७७ बैशाख २२, सोमबार १७:२६

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा लागुऔषधसहित आज पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम–१० को एक घरमा लुकाइराखिएका अवस्थामा ७०० ग्राम गाँजा बरामद गरेको छ ।

गाँजा लुकाइछिपाई राखेको अभियोगमा एकै घरका तीनसहित चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश र २४ वर्षीय मुकेश तथा रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी छन् ।

यसैगरी रामग्राम–१२ पचगाँवाबाट लागुऔषधसहित चितवनको भरतपुर महानगरपालिका–१० का ३४ वर्षीय भगवाल घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल बरामद गरेको हो । अभियुक्त सबैलाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News