अपडेट 
२०७७ बैशाख २३, मंगलवार ०६:५३

सप्तरी । जिल्लामा एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को ड्यूटि गरिरहेकै अवस्थामा मृत्यु भएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीस्थित सीमामा ड्युटि गरिरहेको असई कुलबहादुर कार्कीको मृत्यु भएको हो ।

उनी ड्यूटीमा खटिएकै बखत उनको बेहोस भएर मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले जानकारी दिएका छन् ।

ड्यूटि गरिरहेकै अवस्थामा कार्की बेहोस भएको र तत्कालै उनको मृत्यु भएको उनले बताए ।

झापा जिल्ला निवासी असई कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको छ ।

Comment


Related News

Latest News

Trending News