अपडेट 
२०७७ बैशाख २३, मंगलवार १४:३२

काठमाण्डू । चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–५ का २३ वर्षीय रञ्जन विष्ट, कीर्तिपुर नगरपालिका–७ का २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ र अर्का एक जना रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग मच्छेगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई यसरी लागुऔषधसहित पक्राउ गरेको हो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News