अपडेट 
२०७७ बैशाख २३, मंगलवार २०:३१

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आजसम्म दुई हजार ६१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।

सङ्कलित सो स्वाबको नमूनामध्ये दुई हजार ३०५ जनाको स्वाबको परीक्षण गरिएकामा दुई हजार २९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३०५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयद्वारा कोरोना भाइरसको सन्दर्भमा प्रतिदिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले कोरोनाबाट सङ्क्रमित ११ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

यस प्रदेशमा अहिलेसम्म पाँच हजार ३१६ जनाको आरडिटी परीक्षण गरिएको छ । यस प्रदेशको विभिन्न क्वारेन्टाइनमा एक हजार २७४ जना बसेका छन् भने चार हजार ३६४ जना होम क्वारेन्टाइनमा र ३१ जना आइसोलेशनमा छन् ।

Comment


Related News

Latest News

Trending News