अपडेट 
२०७७ बैशाख २४, बुधबार ०९:०५

वीरगञ्ज ।प्रदेश २ को नारायणी अस्पताल वीरगञ्जमा कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को टेस्ट मंगलवारदेखि सुरु भएकोछ ।

मेसिनको क्षमता तीन घण्टामा ९० वटा स्वाब टेस्ट गर्ने रहेपनि पहिलो खेपमा २० वटा स्वाबको टेस्ट भएको छ ।अस्पतालमा उपचारार्थ भर्ना भएका ११ जना संक्रमितहरुको स्वाबसँगै थप ९ जनागरि २० वटा परीक्षण भएको बताइएकोछ ।तर अबेर राती सम्म टेस्टको नतिजा सार्वजनिक गरिएको छैन् ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले लामो समयदेखिको प्रतिक्षाको अन्त्य भएको जनाउँदै मेसिनको ट्रायल परिक्षण सफल भएपछि नियमित परीक्षण सुरु भएको बताए ।

‘अब हामीले पीसीआर सेवा सुरु गरेका छौं ’ उनले भने, २० वटा स्वाबको नमुना परीक्षणकालागि मेसिनमा लगाइएकोछ ।‘ परीक्षण भइरहेको स्वाबहरुको भेरिफिकेसनका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पनि पठाएका छौं ’ दुवै रिर्पोट समान देखिएपछि मेसिनमा नियमित परीक्षणलाई निरन्तरता दिनेछौ ।

स्वाब परीक्षणका लागि हेटौडा र काठमाण्डु पठाउँदा केहि समय कुर्नुपर्ने बाध्यतारहेको उल्लेखगर्दै उनले भने, ‘ल्याब सञ्चालनपछि पीसीआर जाँचका लागि कुर्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।’

राष्ट्रिय प्रयोगशाला टेकुका माइक्रोबायोलोजिस्ट र भाइरोलोजिस्टले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालका चार जना प्राविधिकलाई तालिम दिएका छन् । मेसिन संघीय सरकारले वैशाख ३ गते उपलब्ध गराएपनि सहायक उपकरणहरुको अभावमा सञ्चालनमा आउन सकेको थिएन् ।

मेसिन सञ्चालनका लागि प्रदेश २ सरकारले ५० लाख नगद उपलब्ध गराएको थियो । संघीय अस्पताल भएपनि बजेट र सहायक उपकरणको अभावमा पीसीआर मेसिन सञ्चालन हुन सकेको थिएन् ।प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट पीसीआर मेसिन सञ्चालन भएपछि दैनिक कम्तिमा ७२ वटा स्वाब टेस्ट हुन सक्छ ।

प्रदेशमा अब प्रादेशिक अस्पताल जनकपुरमा समेत दुई स्थानमा पीसीआर टेस्ट सुरु भएकोछ ।प्रादेशिक अस्पताल जनकपुरधाममा पोर्टेवल(सानो)मेसिन रहेकोछ ।त्यसले दिनमा अधिकतम् १६ वटा सम्म स्वाब परीक्षण गर्न सक्छ ।त्यो मेसिन आइतवारदेखि सुरु भएकोछ ।मंगलवार सम्म १६ वटा स्वाब परीक्षण भएको बताइएकोछ ।


प्रादेशिक अस्पतालमा परीक्षण हुने हरेक स्वाब पुनःपरीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइने गरिएकोछ ।अहिले नारायणी अस्पताललेपनि टेकु प्रयोगशालामा पुनःपरीक्षणका लागि स्वाब पठाएपछि रिर्पोटमा एकरुपता भए पछि पठाउनु नपर्ने बताइएको छ ।

यसअघि थ्रोट स्वाबको नमुना संकलन गरिसकेपछि पिसिआर परीक्षणका लागि हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला र राष्ट्रिय प्रयोगशाला टेकुमा पठाउनुपर्ने बाध्यता थियो । हेटौडा र काठमाण्डुबाट हाल सम्म ८ सय भन्दा बढी स्वाब संकलनगरि पीसीआर परीक्षणको रिर्पोट समेत प्राप्त भइसकेको डा. उदय नारायण सिंहले बताए ।


अस्पतालले हालसम्म २६ जना शंकास्पद संक्रमितलाई आइसोलेसनमा भर्ना गरेर उपचार गरिसकेको छ । हाल पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमित उपचाररत छन् ।उपचारपछि ४ जना घर फर्केका थिए ।तर त्यस मध्येको २ जना फेरी आइसोलेशनमा भर्ना भएका छन् ।

Comment


Related News

Latest News

Trending News