अपडेट 
२०७७ बैशाख २४, बुधबार ०९:२७

अनिल तिवारी

पछिल्लो पटक जब चुनावको माहोल उत्कर्षमा थियो, त्यति बेला तत्कालीन संघीय समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवको ‘जल्वा’पनि उत्कर्षमा थियो । चुनाव भयो, उक्त पार्टीले सफलता समेत पायो । अहिले आफै पनि साँसदमा निर्वाचित भएका नेता यादवको त्यो ‘जल्वा’ सकिएको त छैन, तर त्यति बेलाका उनको राजनीति अहिले वीरगन्ज नगरको लागि र उनको लागि पनि अफाप हुँदैछ छ ।

निजी क्षेत्रका एक जना सफल अगुवा विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएर, वीरगन्ज महानगरपालिकाको मेयरमा टिकट दिलाउने देखी जिताउने सम्म भुमिका गरेका यादवले उक्त कदमले वीरगन्जको बिकास हुने भनेर उनले दावी गरेका थिए । राजनीतिमा फरक अनुहारको खोजिमा रहेका जनताको सदासयता, उपयुक्तमा हलो निर्माणमा भुमिका गर्ने सहयोगी हातहरु र सरावगीको आफ्नै सक्रियतापनि नतिजा प्राप्तिमा सहायक भयो । तर के नेता यादव र पार्टीले गरेको त्यो दावी पुरा भयो त ? एक शब्दमा उत्तर आउछ ‘छैन ।’

वीरगन्जका मेयर सरावगीको राजनीतिक अनुभवको कमी र बाणिज्यकर्मी संस्कारले महानगरपालिकाको बिकासले गतिलिन पाएको छैन भन्ने आम राय छ । निर्वाचनभन्दा पुर्व निर्धारित रहेका ठुला योजनाका कमसल कार्य बाहेक बिकास निर्माणको कुनै ठोस कार्य महानगरपालिकामा भएको देखिदैन । ठुला ठेक्का पट्टादेखी सानो डकुमेन्टरी निर्माणसम्म अहिले चितवनको कम्पनी र मान्छेहरुलाई दिइएको छ । यसको सुरुवात भयो, चितवनको मान्छेलाई पार्टी बाहिरबाट ल्याएर महानगरको प्रेस सल्लाहकार बनाउने कार्यबाट । पार्टीबाट यसको बिरोध भएपछि भर्पाईमा यस पंक्तिकारलाई पनि प्रेस संयोजक बनाइएको थियो । पार्टीको शुभेच्छु संस्थाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको यस पंक्तिकारले तत्कालीन रुपमा पार्टीगत निर्देशन टाल्न नसकेपनि अहिले आएर त्यहाँको यात्रा टुँगिएको पनि छ ।

यतिखेर नगरप्रमुख सरावगीले राजिनामा गर्ने भनेको समाचार संचार माध्यमहरुमा आएपछि यो टिप्पण्णी आवश्यक हुन गयो । यसअघि पनि यसै प्रकार राजिनामाको कुरा आइसकेको हुनाले यतिखेरको यो खबरपछि सरावगीको भनाईलाई धेरैले ‘स्टन्ट’ मानेका छन् । उनको राजिनामाको खबर लेख्ने संचार माध्यमहरु यतिखेर चनाखो हुन जरुरी छ, ‘यिनीहरुले झुठो समाचार लेखे’ भनेर सरावगीको वक्तव्य आउन बेर छैन । यसअघि वीरगन्जेली संचारजगतको यस सम्बन्धी तितो अनुभव छ ।

डेढ बर्ष अगाडि सरावगीले यसै गरी राजीनामा गरेको प्रचार गरे, वक्तव्य दिए । पछि उल्टिए र सो समाचार गलत थियो । संचारकर्मी तथा संचारमाध्यमहरु माथी आक्षेप लगाए । प्रेस संयोजकबाट त्रुटी भयो भनेर पनि भने । पार्टीभित्रको आन्तरिक कुरा बाहिर छताछुल्ल नहोस भनेर पार्टीको जिल्ला नेतृत्वको निर्देशन अनुसार त्यति बेलाचुप लाग्ने बाध्यता थियो । अब भने प्रेस संयोजकको जिम्मेवारीबाट उन्मुक्तिपछि म निर्धक्क भन्न सक्छुँ, त्यति बेला सरावगीले राजिनामा दिएका थिए ।सुरुमा सत्य नै बोलेका थिए, पछि उल्टिए र संचारमाध्यमतथा संचारकर्मीहरुलाई गलत आक्षेप लगाए । राजिनामा अझपनि पंक्तिकारसंग सुरक्षित छ ।

अब फेरी नयाँ प्रसंगतिर जाउँ । यसपाली सरावगी उल्टिए पनि त्यो अवगाल कस्ले खप्ने ?तसर्थ संचारमाध्यमहरु प्रमाण जोगाई राख्नु नभए बेइज्जति होला । राजिनामाको धम्की धेरै पटक यसअघि आउने गरे पनि पार्टी छोडेपछि पद जाने भनेर कानुनी ब्यवस्था भएपनि बिचमा त्यो बन्द भएको थियो । पार्टीका जिल्ला नेताहरुको शब्द सापटी लिने हो भने, ‘यो घुर्की मात्र हो ।’ हो अहिले नेकपाका का अध्यक्ष पुष्पकमल दहाल पुत्री रेणु दहाल, जिल्लामा सो पार्टीका पर्सा अध्यक्ष प्रभु हजरा र नगर अध्यक्ष रहबर अन्सारीसंग सरावगीको नजदिकी भने जगजाहेर छ । यसले पार्टीबाट बहिर्गमन भई उनले आगामी दिनमा जाने गन्तब्यको संकेत गरे पनि अहिले नै यही निश्कर्ष निकाल्दा हतार हुन्छ । पार्टी बाहिर पनि त दोस्ती यारी हुन सक्छ नि ।

अनापेक्षित छ, कम्युनिष्ट पत्रकारहरुको अहिले उत्पन्न मेयरप्रेम । र, ‘बैंक काण्डमा जेल जाने तय भएको’ भनी समाचर बिगतमा लेख्ने र अनेक अनर्गल कुरा गरेर चुनावताका सरावगीलाई धुरु धुरु रुवाउने पात्रहरुसंगको ‘लभ’भने नबुझिएकै हो ।

मेयर सरावगीले एउटा रेडियो अन्तरवार्तामा भनेका छन्, ‘पार्टीका केही नेताहरुको इशारामा आफु माथि यति षडयन्त्र भइरहँदापनि पार्टीको नेतृत्वभने मुकदर्शक भएर बसेको उनको आरोप छ । पार्टीको नगर अध्यक्षले प्रोपोगान्डा रचेर बदमानगर्दा समेत पार्टीले कारवाही गर्न नसकेको र चुपलागेर बसेको , केन्द्र, प्रदेश र जिल्ला नेतृत्वले समेत आफुलाई पेलेर जानचाहेको छ ।’ यि हुन उनले अहिलेसम्म नउल्टिकन राजिनामाको कारण बताएको बिषय । अब नगर अध्यक्षको बिज्ञप्तिको कुरा गरौं । वीरगन्जमहानगरपालिकाले वडा नम्बर १४ मा राहतको लागि पठाएको समानमा ३ वटा गडबडि निस्किएको वडा अध्यक्ष भरत कुर्मीले आरोप लगाए ।

एकमाचामलको वजनकम, दोस्रो बोरामामितिउल्लेख नभएको र तेस्रो चामलकुहिएको निस्किएको । यस माथी छानबिन गर्न भनेर कर्मचारीहरु पठाएको प्रति पार्टीका महानगर अध्यक्षइश्वरचन्द्र यादवले आपतिजनाए । जननिर्वाचितकार्यापालिका सदस्य उपर छानबिन गर्न कार्यपालिकामातहतकै कर्मचारी पठाउनु गलतहो भन्ने उनले जनाएकाथिए । प्रतिक्रियास्वरुपउनले यस्तो अन्तरवर्ता दिनपुगे र राजिनामादिने मनसायमापुगेको बताए । र, माथिका रोइलो सार्वजनिक रुपमा सुनाए ।

उनको भनाईलाई स्विकार सत्य गर्ने गर्ने हो भने आखिर किनकेन्द्र, प्रदेश र जिल्ला नेतृत्वले समेत उनलाई पेलेर जानचाहेकोहो । चुनावताकानजिक रहेका ब्यक्त्हिरु किन एक एक गरी टाँढिए ?उनलाई पार्टी प्रवेश र टिकट प्राप्तिमाअहमभुमिका गरेका नेतायादवसंग उनको मेल किनबिग्रियो ?प्रश्नको उत्तर भने उनले आफै खोजी गर्ने हो । के सबै गलत र उनीएक्लै मात्र सहीहुन?यदीत्यसो हो भने यसको उपाय राजीनामाहोइनजनता, बिधि र न्यायप्रतिबाफादार हुँदै उनले केन्द्र, प्रदेश र जिल्लातहकाकमजोरीलाई तथ्यगत रुपमाप्रकाशमाल्याउनु पर्छ । यदिदुईटै होइनभने यो स्टन्ट किन?

फेरी अन्तमाफकौं साबिक प्रसंगमा । स्थानीयतहको चुनावको मुखमाराजनीतिकामाहेर खेलाडिहरुले भरिएको काँग्रेस र देश भरी नयाँलहरसाँथ अगाडि बढ्ने जोसमा देखिएको तत्कालीन नेकपाएमाले र जनयुद्धको धँङ्गधङ्गी सकिएर सताको स्वादमचाखेर आफ्नो राजनीतिक स्पेसको रक्षाको लागिकस्सिएको माओवादीमात्रहोइनमधेस राजनीतिको आधादर्जन उत्तराधिकारीहरु ‘मर्जर’भएर बनेको पार्टी राजपापनिशसक्त रुपमा मैदानमाथियो । तर, पर्सा जिल्लामाखास लहर संघीय समाजवादी पार्टीसंग देखियो जसको अग्रभागमा देखिन्थे त्यसकाजिल्लाअध्यक्षयादव, मधेस आनदोलन र केन्द्रीयअध्यक्ष उपेन्द्र यादवको प्रभाव त छदै थियो ।

पार्टी प्रवेशको लर्कोको रुपमालहरको ‘ग्राफ’निकै ‘हाइ’थियो । यसमा समेटिएर नीजि क्षेत्रका सफलअगुवाविजय सरावगी, राजनीतिमापर्दा पछाडिको भुमिकाबाट निस्केर मुख्यमञ्चमाआउनचहेका तत्कालीननिर्माण ब्यवसायि हरिनारायण रौनियार, पर्साको राजनीतिमानिकै अनुभवीप्रखर नेताप्रहलादगिरी, तत्कालीनएमाले पर्साभित्रकामधेसवादी नेता सुन्दर कुर्मी, समाजिक संस्थामा समेत लामो अनुभवभएका ट्रेड युनियन नेता रामनरेश यादव, समाजिकबिकासकाजानकार तत्कालीननयाँशक्ति पार्टीका युवा नेता तबरेज अहमद, ठाकुररामबहुमुखिक्याम्पसका स्वबियु सभापित मुकेश द्विवेदी यस लहरमा समाहितभएर संघीय समाजवादी पार्टीको झण्डामुनी एकत्रितभएका केहीनामहरु हुन । यस बाहेकपनि अनेक महत्वपुर्ण नामयहाँउल्लेख छैन । सबैमा स्थिरता छ, सरावगीमाकिन छैन ? के उनीसंग अन्यायभएको हो ?वाउनको नीति र ब्यक्ति केन्द्रीयकमजोरीहरुले गलतअवस्थासिर्जना गरेको हो ? केहीप्रश्नहरुको उत्तर समयउपर छोड्ने मानवको बाध्यता नै हो । यसलाई पनि त्यसै गरौं ।

Comment


Related News

Latest News

Trending News