अपडेट 
२०७७ बैशाख २४, बुधबार ०९:५७

जनकपुरधाम । कोरोना परीक्षणका लागि प्रदेश २ मा मंगलबार सय जनाको स्वाब संकलन गरिएको छ । प्रदेशको सात जिल्लाबाट एकै दिन सय जनाको स्वाब संकलन गरिएको हो ।

सिरहाबाहेक सबै जिल्लाबाट स्वाब संकलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी रौतहटबाट २७ जनाको स्वाब संकलन गरिएको छ भने बारा र पर्साबाट २३÷२३ जनाको स्वाब संकलन गरिएको छ ।

यस्तै, धनुषाका १४ जनाको, सप्तरीका ८ जनाको, महोत्तरीका २ जनाको र भारतबाट आएका ३ जनाको स्वाब संकलन गरिएको छ ।

मंगलबारसम्म प्रदेश २ मा २ हजार ६ सय १० जनाको स्वाब संकलन गरिएको छ । यसमध्ये ३ सय ५ जनाको नतिजा आउन बाँकी छ । नतिजा आएकामध्ये १३ जनाको पोजेटिभ र बाँकीको नेगेटिभ देखिएको छ ।

हालसम्म सबैभन्दा बढी स्वाब पर्सामा संकलन गरिएको छ । यो जिल्लामा ६ सय ६२ जनाको स्वाब संकलन गरिएको छ । सिरहाका ४ सय ६२ जनाको, सप्तरीका ४ सय ३७ जनाको, रौतहटका ४ सय १५ जनाको, बाराका १ सय ९४ जनाको, धनुषाका १ सय ९१ जनाको, सर्लाहीका १ सय २४ जनाको, महोत्तरीका ५६ जनाको तथा भारतबाट आएका ६५, काठमाडौंबाट आएका २, कैलाली तथा रुपन्देहीबाट आएका १÷१ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेशमा मंगलबारसम्म ५ हजार ३ सय १६ जनाको ¥यापिड टेस्ट गरिएको छ । त्यसमध्ये २० जना ¥यापिड टेस्ट मंगलबार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News