![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/05/death2019-04-28.jpeg)
सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन् ।
स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन् ।
सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।