अपडेट 
२०७७ बैशाख २४, बुधबार २१:१९

सर्लाही । भारतबाट धान बोकेर आएको ट्रकलाई सर्लाही भन्सार चेकपोष्ट मलङ्गवामा जाँच गर्ने क्रममा रु १७ लाख ९० हजार नेपाली बरामद भएको छ ।

भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस मलङ्गवाको टोलीले आज सर्लाही भन्सार चेकपोष्टमा जाँच गर्नेक्रममा उक्त रकम बरामद गरेको हो ।

भारतको विहार राज्यको सीतामढी जिल्लाको मुजेलियाबाट धान बोकेर नेपाल भित्रियाउन लागिएको बिआर ३० जिए २४५८ नम्बरको भारतीय ट्रकबाट रु १७ लाख ९० हजार नेपाली बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो ।

ट्रकका चालक रामललित मण्डल र सहचालक नीरज कुमारलाई नियन्त्रणमा लिएको उँहाँले बताउनुभयो । दुवै जना भारतीय नागरिक रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

भारतबाट धान लिएर आएको ट्रक सर्लाहीको ईश्वरपुर नगरपालिकाको राईस मिलमा जान लागिएको थियो । बरामद रकम हुुण्डी कारोवारीको हुुनसक्ने सशस्त्र प्रहरीको अनुुमान छ ।

बरामद रकम सर्लाही भन्सार कार्यालय मलङ्गवमा आजै बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सञ्जीतकुमार सिंहले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News