

काठमाण्डु । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको विहिवार बस्ने बैठक बुधवार स्थगित गरिएको छ ।
स्थायी कमिटी बैठकको तयारीका लागि बसेको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्र्की भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बीचबाटै आरामका लागि भन्दै हिडेका थिए ।
शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक आफ्नो अनुकुल नहुने संकेत पाएपछि महासचिव विष्णु पौडेल मार्फत स्थगितको सुचना प्रवाह गरेको बताइएको छ ।
सचिवालय बैठक बस्नु अघि पार्टी शीर्ष तहको ध्रुविकरण परिवर्तन भएपछि ओलीले बैठक सारेका हुन् ।शनिवारको सचिवालय बैठकमा वामदेव गौतम ओली तर्फ लागेका थिए ।तर उनी फेरी प्रचण्ड र माधव कुमार नेपाल समुहसित नजिकिएको कारण ओली समस्यामा परेका हुन् ।
स्थायी कमिटीमा ओली अल्पमतमा छन् ।उनले प्रचण्डबाट सहयोग नपाउने विश्वस्त भएपछि ओलीले सचिवालय बैठकबाट उठेर हिडेका थिए ।