अपडेट 
२०७७ बैशाख २५, बिहीबार ०७:४१

काठमाण्डु ।कोरोना भाइरस संक्रमितहरुको संख्या बढने क्रमसँगै सरकारले जेठ ५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गते सम्म जारी राख्ने निर्णय गरेको हो ।

सरकारले यो समेत लकडाउनलाई पाँचौ पटक बढाएकोछ ।चैत ११ गतेदेखि सुरु भएको लकडाउनको समयावधी सरकारले थप्दै आएकोछ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।समितिले पेश गरेको सो सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकारगर्दै भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले सिंगो मुलुक नै उच्च जोखिममा रहेको बताए ।

‘भाारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ ’ उनले भने, त्यसको असर नेपालमा पनि पर्ने र नेपालमा टेस्ट पनि कम भएको छ । प्रधानमन्त्रीओलीले अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहोलो र हरियो क्षेत्र छुट्याउने बेला आइनसकेको बताएको एकजना मन्त्रीले उनको भनाई उद्घृतगर्दै बताए ।

सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन वैशाख २५ गते ४५ दिन पुग्दैछ ।समय सकिनु एक दिन अगावै सरकारले जेठ ५ गते सम्म जारी रहने निर्णय गरेकोछ ।लकडाउनलाई निरन्तरता दिन स्वास्थ्य विज्ञहरुले सुझावदिदै आएका छन् । तर उद्योगी व्यवसायीहरुले लकडाउनलाई खुकुलो बनाउन सुझावदिदै आएका छन् ।

पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरिएको थियो। त्यसपछि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि निरन्तरता दिएको थियो ।तेस्रो पटक वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पु¥याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको थियो ।

सरकारले जेठ १८ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले १८ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको उनका अनुसार सीमा नाका पनि जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले यस अघि जेठ २ गतेसम्म बन्द गर्ने यस निर्णय गरेको थियो। लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहनेछन् । सरकारले घरबाहिर निस्किनेलाई थप कडाइ गरिने जनाएको छ ।

पछिल्लो पटक पीसीआर टेस्ट बढाइएपछि संक्रमितहरुको संख्या बढन थालेकोछ । अहिले प्रदेश १ , २ र ५ मा कोरोना संक्रमितको संख्या बढेकोछ ।काठमाण्डुमा पनि उपचारपछि घर फर्किसकेकोमा पनि कोरोना भाइरसको संक्रमण दोहरिएकोछ ।

लकडाउन प्रारम्भ भएको भन्दा लकडाउनलाई खुकुलो बनाउने आवाज उठन थालेको बेला संक्रमितहरुको संख्यामा अत्यधिक बृद्धि भएकोछ ।

मन्त्रिपरिषद्को बैठकले सीमा नाकामा आवागमनमा लगाएको रोकलाई जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले बुद्धजयन्तीको अवसरमा विहिवार साँझ ७ बजे दीप प्रज्वलन गर्ने निर्णय गरेकोछ ।

Comment


Related News

Latest News

Trending News