अपडेट 
२०७७ बैशाख २५, बिहीबार ०७:५५

सप्तरी । सप्तरीका तीन वटा खाद्य उद्योगमा सिलबन्दी गरिएको छ ।

अनुज्ञा पत्र नलिई संचालन गरेको भन्दै हनुमाननगर कंकालनी नगरपालिकाका तीन वटा खाद्य उद्योगमा खाद्य तथा गुण नियन्त्रण कार्यालयको अगुवाईमा बुधबार गएको टोलीले सिलबन्दी गरेको हो ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय, राजविराजका प्रमुख सुरेश सिंहले वडा नम्बर ९ स्थित नारायणी फिड्स एण्ड स्न्याक उद्योग र नारायणी च्यूरा तथा भुजा उद्योग तथा वडा नम्बर ३ स्थित माँ सरस्वती फुड् प्रोडक्टमा सिलबन्दी गरिएको बताए ।

उनका अनुसार उद्योगमा सिलबन्दी गर्दै तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

Comment


Related News