अपडेट 
२०७७ बैशाख २५, बिहीबार ०७:५९

जनकपुरधाम । अनली फर प्रोजेक्ट उल्लेख गरिएको सिमेन्ट महँगोमा बिक्री गरेको पाइएपछि सिरहाका एक सिमेन्ट पसलमा सिल गरिएको छ ।

मिर्चेया बजारस्थित भाग्य विधाता आयरण स्टोरले अनली फर प्रोजेक्ट लेखिएको मारुती सिमेन्ट बिक्री गरेको पाइएपछि उक्त पसलमा सिल गर्दै त्यसका मालिक राजकुमार मगरलाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

लक डाउनको समयमा अटो रिक्सामा १० बोरा सिमेन्ट लोड गरी लग्दै गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि सिमेन्ट लग्ने टिकाराम पोखरेलसँग सोधपुछ गर्दा उनले रु ७ सय ६० पर्ने सिमेन्ट रु ८ सयमा मगरको पसलबाट खरीद गरेको बताएका थिए ।

यसपछि इलाका प्रहरी कार्यालय मिर्चेयाबाट पुगेको प्रहरी टोलीले मगरको पसलमा ३ सय ४० बोरा उक्त सिमेन्ट फेला पार्दै उनलाई नियन्त्रणमा लिएको सिरहा प्रहरीका प्रबक्ता एवं डिएसपी बिनिोद घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News