अपडेट 
२०७७ बैशाख २५, बिहीबार ११:३१

जनकपुरधाम ।प्रदेश २ सरकारले दोस्रो चरणको राहत वितरण प्रारम्भ गरेकोछ ।प्रदेशको आठवटै जिल्लाको १ सय ३६ वटा पालिकामा प्रदेश सरकारले राहत वितरण गर्न लागेको हो ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ७ मा बुधवार बिहान प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले राहत वितरणको शुभारम्भ गरे ।

धनुषा जिल्लाको १ सय ६९ वडामा घरेलु तथा साना उद्योग कार्यालयले राहत वितरण गर्नेछ ।वडा कार्यालय र प्रदेश सभा सदस्यको संयुक्त संयोजनमा बितरण भइरहेको राहत सामग्रीको बोरामा स्टिकर लगाएर गुणस्तरको सुनिश्चितता गरिएकोछ ।

राहत बितरणगर्दै मन्त्री यादवले विपन्न, मजदुर, दलितहरुका लागि प्रदेश सरकारले दोस्रो चरणमा उपलब्ध गराएको राहत सामग्रीको गुणस्तर, तौलमा कुनै समस्या आउन नदिन सम्बन्धित निकायहरुलाई सजगता अपनाउन आग्रह गरे ।

पहिलो चरणमा पालिकाहरुलाई उपलब्ध गराइएको नगदको सदुपयोग नभएको विभिन्न सञ्चार माध्यमहरुबाट जानकारी आएपछि दोस्रो चरणमा सरकारले नै घरेलु कार्यालयमार्फत राहत वितरण गर्न थालेको मन्त्री यादवले जनाए ।

भोजनको समस्यामा रहेका मानिसलाई अखाद्य सामग्री उपलब्ध गराउनु कानुनी, समाजिक, धार्मिक सबै दृष्टिले अपराध भएको उल्लेखगर्दै मन्त्री यादवले भने, कोही विपन्न नछुटोस्, त्यसमा वडा कार्यालय, प्रदेश सांसद, पालिका प्रमुखहरुले विशेष ध्यान दिनुपर्छ ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख सञ्जिव दुबेको अध्यक्षतामा भएको राहत वितरण समारोहमा उद्योग,पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डल, प्रदेश सभासदस्य परमेश्वर साह, जनकपुरधामकी उपमेयर रिता मिश्र, धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला , मन्त्रालयका निमित्त सचिव जगन्नाथ जयसवाल धनुषाका एसपी रमेश कुमार बस्नेत, सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साह , नागेन्द
साह लगायतका उपस्थिति रहेको थियो ।

प्रदेश सरकारले जारी गरेको निर्देशिकाको परिधिमा रहेर चामल लगायतका खाद्य सामग्री खरिद गरिएको जनाउँदै दुबेले भने, हप्ता दिन भित्रमा जिल्लाका सबै वडाहरुमा राहत सामग्री बितरण भइसक्नेछ ।उनले तोकिएको मापदण्ड अनुसारको चामल, दाल लगायतका सामग्रीहरु खरिदगर्दा सरकारले निर्धारण गरेको भन्दा झण्डै प्रति राहत प्याकेटमा झण्डै पौने दुई सय रुपैया कममा खरिद गरिएको उनले जनाए ।

हरेक वडा सम्म ठेकदारले सामग्री पुर्याउने खर्च समेत संलग्न रहेकोले तोकिएको समयमा समान आपूर्ती गरिने प्रतिबद्धता जनाइएको उनले बताए ।

प्रदेश सरकारले दोस्रो चरणमा २५ किलो चामल, २ किलो मसुरोको दाल, १ लिटर खाने तेल, १ किलो नुन, सोयाविन, साबुन उपलब्ध गराएकोछ ।यसका लागि प्रदेश सरकारले सबै जिल्लालाई २ करोडको दरले रकम उपलब्ध गराएकोछ ।आवश्यकता अनुसार प्रदेश सरकारले राहत उपलब्ध गराइरहने मन्त्री रायले जनाए ।

यस महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले नगद उपलब्ध गराइएको थियो ।तर कतिपय पालिकाहरुले हाल सम्म राहत वितरण गर्न सकेको छैन् ।कतिपय पालिकामा चर्को बिबाद भएकोछ ।

Comment


Related News

Latest News

Trending News