![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/05/shrwan-kk.jpg)
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2020/05/shrwan-kk.jpg?resize=887%2C499&ssl=1)
आचार्य श्रवनकुमार
भगवान गौतम बुद्ध पथ्वीमा सधै जली रहने दियो हो । वहाँको हजारो–हजार बर्ष पश्चात पनी त्यस दियोबाट अनगनित मानिसहरुको बुझेको दियो जलि रहेका छन् । यस्तो बुद्ध पुरुष युगो–युगको पश्चात पृथ्वीमा जन्म लिन्छन् । अध्यात्ममा प्रत्येक २५०० वर्षको पश्चात धर्मको पुर्नस्थापना हुन्छन् । त्यस समयमा मानिसहरुलाई बुद्धत्व प्राप्त गर्ने अत्यधिक सम्भावन हुन्छ । त्यस समयमा अलिकति प्रयासले मानिस आध्यात्मिक लक्ष्य प्राप्त गर्न सक्छन् । जस्तैः बर्सात को मौसममा धाँन रोप्नु जस्तै सहज हुन्छ । त्यस समयमा प्रकृती अनुकुल हुन्छ । कृष्ण, बुद्ध, महाविर, जिसस, मोहमद, कबिर, नानक आदी अनेक सदगुरु आ–आफ्ना देशनाले अनेकौ व्यक्तिलाई बुद्धत्व को मार्ग मा सहायक गर्नु भयो । बुद्धको ठिक २५०० वर्ष पछी पृथ्वीमा अमूलय समय आएका छ । यसको मतलब यो होइन की यो बिचको अवधीमा कुनै पनि बुद्ध पुरुष भएनन् अथवा कसैले बुद्धत्व प्राप्त गरेनन् ? तर जति सजिलो कृष्ण, बुद्ध को समय थियो र अहिले छ । यस बिचको सयममा थिएन । जिसस, कबिर, नानक, मोहमम्द पनी उच्च कोटीका सन्त हुनु हुन्थ्यो । बास्तबिक अर्थमा सबै सन्त आफनो समय भन्दा अगाडी नैं पृथ्वीमा आइ सक्नु भएको थियो । कृष्ण ५००० वर्ष पहिले, बुद्ध २५०० वर्ष पहिले, भगवाना रजनिस १०० वर्ष पहिले धरतीमा आई सक्नु भएकोले, वहाँहरुलाई बुझन सक्ने व्यक्तिहरु अत्यधिक न्यून थियो । किनकी, त्यस सयममा मानिसको चेतना विकसित भएको थिएन । त्यसैले, वहाँहरुको बहुमुल्य समय नासमझहरु सँग लडदै बित्यो । आज पहली पल्ट मानिसको चेतना विकसित भएर मान्नुबाट जान्नु तिर बढी रहेका छन् । त्यसैले आजको समयलाई सतयुगको रुपमा घोषणा गर्न मलाई अलिकती पनी संकोच भैरहेको छैन् ।
अध्यात्मको विभिन्न मार्ग हुन् । सबै मार्गको मुलभूत सरांश दुई मार्ग हो । एउटा; ध्यान को मार्ग अथवा संकल्पको मार्ग पनि भन्छौ । अर्को हो; पे्रमको मार्ग, जसलाई हमी भक्ति मार्ग अथवा समर्पणको मार्ग भन्छौ । ध्यानी बुद्धीको स्तरबाट चिन्तन मनन गरेर दृढ संकल्प पूर्वक परमात्मालाई प्राप्त गरि हाल्छ । झक्त आफनो संकल्प भाँवले । ध्यानी आफनो अन्र्तयात्रा ध्यान यानी संकलपबाट शुरु गर्छ र भक्ती वा समर्पण त्यस्को गन्तव्य हुन्छ । भक्तको अन्र्तयात्राको शुरुवात भक्ती र गन्तव्य ध्यान हुन जान्छ । बिगतमा भक्ति मार्गको प्रभुता थियो । तर आज ध्यान मार्ग अधिकांश मानिसहरुकोलागी उपयोगी छ । किन भने पहिलो बुढा मानिसहरु पनी कसैको भनेको सुनेको कुरा मानी हाल्नु हुन्थ्यो । त्यसकालागी यती मात्रै भन्नु पथ्र्यो की शास्त्रमा लेखेको छ अथवा हाम्रो परम्परा, रितिरिवाज हो । यदी कसैले यतीमा पनी मान्न इनकार गर्दा स्वर्गको प्रलोभन र नर्कको धमकी दिएर मनाउन सकिन्थ्यो । यती प्रयासले लगभग सबै मानिसहरु बधी–बधाई मान्यातालाई मान्न तयार भैहाल्थ्यो । तर आज बिज्ञान प्राविधी को समय भएकोले, बच्चाहरु पनी आफ्नो प्रश्नको शुरुवात किन र क्योबाट शुरु गरि रहेका छन् । जबसम्म मानिस आफ्नो विवेकले कुनै काम गर्न तयार हुदैन, तबसम्म त्यो सँग कुने पनि कार्य गराउन असम्भव छ । अदि कोइ मानिस आफ्नो बुद्धी विबेकले कुनै बाटो छनौट गर्छ भने त्यसलाई पुरा गर्न आफ्नो सबै चिज गुमाउन अलिकती पनी हिचकिचाउदैन ।
बुद्धको मार्ग बुद्धीको मार्ग हैं । यहाँ श्रद्धा र विश्वास को कुनै जरुरी छैन् । बुद्ध संग हुनकोलागी चिन्तन मननको आवश्यकता छ । बुद्ध भन्दा पहिलेको जति पनी गुरु भए, सबैले अन्त्रयात्रा को बाटोमा विश्वासलाई प्राथमिकता दिनु हुन्थ्यो । बुद्ध ले भन्नु भो, “जबसम्म म जान्दिन, तब म कसरी मान्न सक्छु ?, जुन दिन जानी हाल्छु, त्यो दिन मान्ने आवश्यकता पर्दैन ।” ठीक छं ! परमात्मा रहस्मयी हो ! वहाँलाई जाने वेगर केही बताउन मुश्किल छ । अन्र्तयात्रा पथमा हिडन आफू सँगको मनलाई पनी राजी गराउन जरुरी छ । मनको सबै जिज्ञासाको समाधान नभए पनी बुनियादी जिज्ञासाको समाधान मिल्नु पर्दछ, जसले गर्दा बाँकी रहस्य जान्नकोलागी मन हामी सँग हिडन तयार होस् । म भन्द छु; मनको अपार क्षमता छ, मानिसलाई आफ्नो मनलाई अपहेलना गरेर अन्त्रयात्रा गर्न अप्ठयारो मात्र होइन, असम्भव पनी छ । तपाई जुन चिज गर्न चाहनु हुन्न, मन त्यही चिज गर्न आतुर हुन्छ । जसले गर्दा तपाईको यात्रामा द्धन्द्ध सिर्जना हुन सक्दछ ? अदी हामी आफ्नो मन रुपी घोडामा विवेक रुपी लगाम लगाएर अन्र्तयात्रा गर्न सकियौं भन्ने अकल्पनिय बिराट सम्भावना उजागर हुन सक्दछ । जसको तपाईले सपना पनि देखनु भएको छैन होला ? यसकोलागी आजको समयमा बुद्धको मार्ग अति उपयोगी छन् र अगामी दिनमा यसको उपयोगिताा अक्ष बढने सम्भावना छ । आजसम्म जति पनि मानिस बुद्धत्व प्राप्त गरे, त्यसमा अत्यिधिक मानिसहरुकोलागी बुद्ध को मार्ग उपयोगी रहयो ।
आज भन्दा २५०० वर्ष पूर्व मिथिला भूमीको कपिलबस्तु नामको राज्यमा राज शुद्धोधनके जेठो छोराको रुपमा जन्मिनु भएका सिंद्धार्थ गौतम कालान्तरमा भगवान गौतम बुद्ध बन्नु भयो । प्रत्येक बुद्ध पुरुष सदगुरुको जन्म अद्धितिय हुन्छ । वहाँहरु जन्म भन्दा पहिले देखि नै अनेक आरोह–अवरोह खडा भएको हुन्छ । त्यो सबै आरोह–अवरोह को बचपन देखि झेलदा–झेल्दै कम उमेरमा नैं परिपक्कता हासिल गरी हाल्छन् । यही घटना बुद्ध सँग पनि दोहरियो । राजा शुद्धोधन त्यस समयका सबै भन्दा समृद्ध राज्य को राजा हुनु हुन्थ्यो । वहाँ आफ्नो बाहुँबलले ठूलो सम्राज्य खडा गरि सक्नु भएको थियो । सबै राजाहरु आफ्नो जीवन कालमा नैं कुशल राजाको हाथमा राज्यको अविभारा सुम्पेर दिुनियाबाट विदा हुन चाहन्छन् । राजा शुद्धोधन बुढेस कालमा पुगि सक्नु भएको थियो, तर पनी वहाँको दरवारमा छोरा जन्मेका थिएनन् । यसकालागी राजदरवारका सबै सदस्य अत्यिधिक चिन्तित हुनु हुनथ्यो । मयादेवी शुद्धोधनको पत्नी थिइन् । जब मयादेवीले आफ्नो कोखबाट छोरा जन्मने सम्भावन देखेनन्, तब आफ्नो राजी खुशी आफ्नै कान्छी बहिनी प्रजापति सँग सुद्धोधनको विवाह गराई दिईन् । तर मानिसलाई समय भन्दा पहिले केहीं पनि मिल्दैन् । उचित समय आए पछी लाखो अवरोध पश्चात पनी जे हुने बाला हुन्छ, भएरै छाडछन् । आखिरमा बैषाख पुर्णिमाको दिन बृक्षको तल मयादेवीकै कोखबाट सिंद्धार्थ गौतम जन्मनु भयो । त्यस पश्चात सिद्धाथले न मातृत्व सुख र मायादेवीले पुत्र सुख पाउन सके । अकसरहा, जस्को जन्म समष्टिको सुखको लागी हुन्छ, उसको जीवन अत्यिधिक दुःख र पिडाबाट गुर्जिन्छ । जुन आमा असख्य मानिसहरुको कल्याणकोलागी छोरा जन्म दिनु हुन्छ, त्यो आमा पनि पुत्र सुखबाट बन्चित भइ हाल्छन्ं । सिद्धार्थको जन्मदेखी सात दिनमा नैं वहाँको आमा मयादेवी बुद्धलाई आफ्नी बहिनी प्रजापतीलाई जिम्मा लगाएर सधैको निम्ती संसारबाट बिदा भइहालिन । प्रजापतीले कहिलेपनी सिद्धार्थलाई आमाको अभाव खटकिन दिइनन् । प्रजापती सधै सिद्धार्थलाई आफ्नो ममता कें आचलमा समेटेर राखी राखिन् ।
सिद्धार्थ गौतमको जन्मले राज्यमा खुशीको ठिकान थिएन । एक तर्फ शुद्धोधन अपने पुत्र सुखमा र अर्को तर्फ प्रजा अफ्नो भाँवी राजा को आगमनले खुशि मनाई रहेका थिए । त्यसै समय त्यस समयका प्रसिद्ध सन्त असिताको एक्कासी राजदरबारमा आगमण भयो । असिता राजा शुद्धोधनको बचपनको मित्र हुनु हुन्थ्यो । शुद्धोधन सधै असितालाई भेटन वहाँको कुटीमा नैं जाने गर्नु हुन्थ्यो । त्यो दिन एक्काशी आफ्नो दरबारमा हेरेर आश्र्चय चकित भएर भन्नु भो, “हजूरको आज्ञा भएको भए म नैं हजुर कहाँ उपस्थित भै हाल्थे, यहाँले किन म कहाँ आउन कष्ट उठाउनु भो ?” ऋषि असिताले भविष्यवाणी गर्दै भन्नु भो, “राजन तिम्रो घमा जन्मेको बच्चा सधारण होइन । यो बच्चा ! दुनियाँलाई दिशा निर्देश गर्ने प्रबुद्ध अलौकिक सन्त या कुशल सम्राट बन्ने छन् । राजालाई ऋषिको दोस्रो कुरा मन प¥यो, किनकी वहाँलाई भविष्यको सम्राटको आवश्यकता थियो । राजा पहिलो कुराबाट शसंकित हुनु भो । किनकी बुवा अरुको छोरा सन्त हुदाँ त्यसको खुट्टा ढोग्न जान्छन् । तर आफ्नो छोरा सन्त होस भन्ने चाहदैन । हाँ ! आफ्नो छोरा हत्यारा, लुटेरा कुकर्मी भै दिए बर्दास्त गरि हाल्नु हुन्छ तर सन्त भएको कुरा बर्दास्त भन्दा फाजिलको कुरा हो । सुद्धोधनले सिद्धार्थको सन्त हुने सबै सम्भावना बन्द गरि दिनु भो । बुद्धलाई संसारीक दुःखको अभाष भनी हुन दिन चाहनु हुन्न थियो । त्यसका लागी सुन्दर–सुन्दर केटी, भोजनको स्वादिष्ट पकवान लयागत सुख–सुविधाको सबै व्यवस्था गरि दिनु भो । तर जे हुने बाला थियो, त्यसलाई कसले टार्न सकथ्यो र ! अस्तित्व जसलाई जे बनाउन चाहन्छ, लाख अवरोध पश्चात पनी बनाएर नैं छाडछ । सुद्धोधनको सबै योजना सिद्धार्थको सन्तत्वको मार्गमा सहयोगी हुन पुग्यो ।
एक पल्ट सिद्धार्थ गौतम एउटा सभालाई उद्घाट गर्न गै राख्नु भएको थियो । बाटोमा पहिलो पल्ट दुखी, बिमार र मरेको व्यक्ति हेर्नु भो । सिद्धार्थले आफ्नो सारथी चानाबाट दुःख, बिमारी और मृत्युको बारेमा जान्ने जिज्ञासा राख्नु भो । सारथीले शुरु–शुरुमा बताउन हिचकिचाउनु भो, आखिरमा मजबुरी बश सबै कुरा वताउनु भो । यहाँ मानिस जन्मन्छन्, दुखी हुन्छन्, बिमार हुन्छन् र आखिरमा मर्छन् । नासमझ घटनाबाट स्वयंम गुजरेर पनी सम्झदैन तर समझदार मानिस अरुलाई हरेर समझी हाल्छ । संसारमा परम्परा छ । अहिले तिमी जवान छौ, संसारीक पद प्रतिष्ठा आर्जन गर । अध्यात्म जीवनको आखरी अवस्थाको कुरा हो । जब आँख हेर्नें, कान सुन्नं, खुट्टा हिडन, हाथ काम गर्न छाडी दिन्छ । अध्यात्म त्यती बेलाको कुरा हो । मानिस मृत्युको क्षँणमा पनी संसारीक क्षँणभँगुर चिजबाट मुक्त हुन सकि रहेको हुदैन् । एउटा भनाई छ; नराम्रो कामलाई भोली गर्दा गर्दै जति टाढा धकेलन सके त्यती राम्रो र भोली गर्नु पर्ने राम्रो काम अहिले नैं गरि हाले अत्ति उतम हुन्छ । किनकी भोली कहिले पनी आउदैन । सबै भोली आज र अहिलेको रुपमा नै आउँछ । तर मानिसहरु राम्रो काम सधै भोलीकोलागी छाडछन् र नराम्रो काम तत्काल गरि हाल्छन् । सिद्धार्थले सोच्नु भो; संसारिक बस्तु कुनै न कुनै दिन म बाट छिनिने नैं छ । के यस्तो चिज हो, जुन मृत्यु पश्चाता पनी म सँगै रहन्छ । यस सम्बन्धमा वहाँले आफ्नो घर परिवारको सदस्यहरु बिचमा करा गर्नु भो । यो भरोषाले की म राम्रो कामको लागी गई रहेछु, यसमा सबैले साथ दिने छन भनेर । तर याद राख्नुहोस, यदी तपाई राम्रो व्यक्ती हुनु हुन्छ भने राम्रो व्यक्ती ले नैं तपाईलाई सम्मान गर्न सक्छ र तपाईको कार्यमा साथ दिन्छ । कसैले पनी बुद्धको एउटा पनी कुरासुन्नु चाहनु भएन । सबै जनाले उल्टै वहाँलाई आफ्नो निर्णय फिर्ता लिन दबाब दिदै उपदेश दिन थाल्नु भो । तिमी पागल भै सके छौ । जुन चिज पाउँन दुनियाँको सबै मानिसहरु जन्मौ–जन्म देखी प्रयास गरि रहेको हुन्छ, तै पनि कसैको नसिबमा हुदैन । त्यस्तो चिज तिमी पाएका छौ र छोडेर जङ्गल जाने कुरा गरि रहेछौ ? कसले तिम्रो मती बिगार दियो । अरु मानिसहरु हामीहरुको बारेमा के भन्ने छन् । मेरो बिरोधीको बिचमा मेरो नाक कटवाउने छस् ।
अन्तमा सिद्धार्थको केही नलागे पछी २९ वर्षको उमेरमा त्यही राती महल, पुत्र, पत्नी लगायत सबै परिवारलाई छोडेर दुःख भन्दा पार अमृतको खोजमा निस्की हाल्नु भयो । वहाँले त्यस समयको सबै गुरु कहाँ सत्यलाई जान्नको निम्ति गए । अकसरहा तथाकथित गुरु यस्तो–यस्तो सर्त बनाएर मानिसहरुलाई आफू सँग उल्झाई राखेको हुन्छ । जसले गर्दा कसैलाई पनी उनीहरुको सर्त पुरा गर्न असम्भव होस् । मानिसहरु त्यस्तो गुरुहरु सँग लामो समयसम्म बसे पनी सत्य उपलब्ध हुन नसके पछी भन्छन–तिमीले मेरो सर्तै पुरा गर्न सकेनै, अनि कसरी सत्य पाउन सक्छौ ? बिस्तारै–बिस्तारै मानिसहरु त्यस्ता गुरुहरु सँग बस्ता बस्दै आफ्नो लक्ष्य (सत्यको खोज) पूरै बिर्सि हाल्छन् र त्यसको दुकनदारीको हिस्सा बनेर सिमित भै हाल्छन् । कुनै गुरु सिद्धार्थलाईं ३ दिन का उपवास गर्न भन्दा खेरीे ५ दिन का उपवास गरेर उसको सबै सर्तको सिमाहरुलाई अतिर्कमण गरि दिनु हुन्थ्यो । आखिरमा सबै गुरुहरु वहाँको साधना को तात्पर्ता देखकर आफ्नो आश्रमको पुरा जिम्मेवारी सौपन चाहनु हुन्थ्यो । अकसरहा मानिसहरु घर छोडेर आश्रममा बाँधिन जान्छन् । आश्रममा कुनै मुख्य पद पाइ हाले पछी, त्यसै पदले संसारिक आकाँक्षाहरु पुरा गर्न चाहन्छन् । तर सिद्धार्थले भन्नु भो “ यदी मलाइृ यहीहरु गर्नु थियो भन्ने मेरा दरबारमा के कमी थियो र ! जब सबै गुरुहरुको आफ्नो सबै उपाय असफल भए पछी, आफू भन्दा अगाडी जाने इशारा गरि हाल्नु हुन्थ्यो । आखिरमा कति पहिलेका गुरुहरु बुद्धको शिष्य हुन पुग्यो ।
सिद्धार्थ लगभग ६ साल देखीको तथाकथित साधनाबाट पुरै टुटी सक्नु भएको थियो । वहाँको शरिर पुरै जरजर भएर यति कमजोर भै सकेको थिए कि एउटा सानो निर्जरा नदी पार हुन पनी मुुश्किल भै रहेको थियो । नदीमा भएकोे एउटा झारको बोट समातेर थकान मेटदैं सोचन थाल्नु भो । मेरो शरिरको यस्तो हालत भै गयो की एउटा नदी पार गर्न मुश्किल भैरहेको छ । के यस्तो अवस्थामा रहेर म भँवसागरबाट पार हुन सक्छु र ? वहाँले तत्क्षँण सबै उपवास आदी अन्य त्याग छोड दिनु भयो । सिद्धार्थ मुश्किलले नदी पार गरेर एउटा रुखमा फदेमा अडेस लागेर दुवै आँखा बन्द गरी निश्चिन्त भएर बसी हाल्नु भो । सिद्धार्थले त्यसै समय पुर्णिमाको राती अस्तित्वको अनन्त रहस्मयी सतोरी (समाथीको अवस्थामा हुने क्षँणिक अनुभव) को अनुभवबाट प्राप्त गर्नु भयो । विगतमा शुद्र जाती को मानिसहरुलाई मन्दिरमा पुजा–पाठ गर्न सख्त मनाहीं थियो । शुद्र जातीको मानिसहरु पिपलको रुख, नदी, गाय आदीको पुजा–पाठ गर्ने गर्थे । पूर्णिमाको दिन भएकोले सुजाता नाम गरेकी शुद्र कन्या अफ्नो दौतरीहरु साँग त्यही पिपलको रुखलाई पुजा गर्न आइन । जब उनीहरुले रुखको फेदमा अति सुन्दर व्यक्तीलाई ध्यानस्त अवस्था हेरेर, भगवान म सँग खुसी भएर सक्षात दर्शन दिनु भएको भनेर सम्झे । सुजाता धैर्यता पूर्वक बुद्धलाई ध्यानबाट फर्किन कुरि राखिन । त्यस पछि सुजाताले आफूसँग ल्याएकी खिर बुद्धलाई भेट गरिन् । बुद्धले अहोभाव पूर्वक ग्रहन गर्नु भयो । बुद्ध सँग अक्ष पाँच साधक एकै साथ तपस्यारत थियो । जब उनिहरुले बुद्धलाई एउटा आइमाइको हातबाट भोजन खाइ रहेको हेरे, अनी बुद्ध भ्रष्ट भएको भनेर वहाँलाई एकलै छाडेर सबै जाना अनयन्त्र गइहाले । त्यस पछी सिद्धार्थ साधनमा एैकलै भई हाल्नु भयो । सिद्धार्थले आफ्नो सबै बृतान्त सुजातालाई सुनाउनु भयो । सुजाताले सिद्धार्थलाई ध्यानको गहिराईमा पुग्नकोलाग्ी यथासम्भव सहयोग गर्ने बाचा गरिन । बुद्ध सधै त्यो रुखको फेदमा बसेर ध्यानमा मग्न हुन थाल्नु भयो र सुजाता सधै वहाँको लागी भोजनको साथै सबै आवश्यकता पुरा गर्दै रहिन । सिद्धार्थ ध्यान त गर्नु हुन्थ्यो तर सधै कुनकुना रही रहन्थ्यो । आखिरमा लगभग एक साल पछी वहाँले संकल्प लिनु भो, जबसम्म म बुद्धत्व प्राप्त गर्दिन, तबसम्म ध्यानबाट उठदिन् । सुन्नमा आउछ की त्यसै राती सिद्धार्थ संवोधी प्राप्त गर्नु भयो ।
बुद्धले बुद्धत्व प्राप्त गरि सके पछी, सब भन्दा पहिले आफ्नो सन्देश त्यो पाँच जना साथीलाई दिन चाहनु हुन्थ्यो, जो सँग लामो समय सँगै–सँगै अन्त्रयात्रा गर्न भएको थियो । जब त्यो व्यक्तीहरुले बुद्धलाई आफू तिर आइ रहेको हेरे तब त्यो भ्रष्ट सिद्धार्थ सँग सम्बन्ध नबनाउने सोचेका थिए । जब–जब बुद्ध उनीहरुको नजिक हुदै जानु भो, वहाँको बुद्धत्वको आकर्षणले ति व्यक्तीहरु आकर्षिक हुदै आखिरमा बुद्धको खुट्टामा ढोग्न थाल्नु भयो । बुद्ध वहाँहरुलाई पनी जीवन मुक्ती की उपाय दिनु भो । त्यस पछी बुद्ध मौन भएर आफ्नो भितरको आनन्दमा सिमित हुन चाहनु हुनथ्यो । तर यिनै पाँच जना मित्रहरुले यस सन्दशे लाई जनमानसमा बाँडने सल्लाह दिनु भयो । बुद्धले भन्नु भो, “जसलाई सत्यको तिर्खा लागेको हुन्छ, त्यसले जसरी पनी खोजी नै हाल्छ ? जसरी मैले खोजे । जसलाई सत्यको प्याल लागेको हुदैन, त्यसले बुद्धपुरुषको सँग भएर पनी बन्चित भै हाल्छ । जसरी दुर्योधन कृष्ण सँग भएर पनि वहाँलाई चिन्न सकेन । कसैले बुद्धलाई भने, “हजुरुको कुरा जायज हो, तर केही यस्ता पनि मानिसहरु छन्, जसलाई तपाईको अलिकति प्रयासले अन्र्तयात्रा पुरा हुन सक्छ । कम से कम त्यसता व्यक्तीहरुकोलागी हजुरलाई केही गर्नु पर्छ । यो कुरा बुद्धलाई मन प¥यो र आफ्नो सन्देश जन–जन तक पु¥याने कार्यको थालनी हाल बिहारको राजगिरबाट गर्नु भयो । त्यस पछी आफ्नो जीवनको बाँकी ४५ वर्ष शान्तिको सन्देश अनवरत रुपमा बाडदै नश्वर भौतिक शरिरबाट कुशीनगरबाट हमेशाको लागी विदा लिनु भयो ।
शान्तिको सन्देश बाँटने शिलशिलामा मानिसहरुले अनेकौ सबाल–जवाफ गथ्यो ? बुद्धले सबै प्रश्नहरुको जवाफ सराशंमा मत्रको माध्यमले दिन चाहनु हुन्थ्यो । मन्त्र हो; बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, संंघम शरणम गच्छामि । बुद्ध विदा भैसके पछी वहाँको यस अमुल्य मन्त्रलाई मानिसहरुले आफ्ना मान्यतालाई पुष्ट गर्न भारी दुरुपयोग गर्यो । मानिसहरुले भन्यो–सत्य पाउनकोलागी बुद्धको शरण्मा जानु पर्छ । बुद्धको मतलब सिद्धार्थ गौतम । सिद्धार्थ गौतम अहिले भौतिक शरिरमा हुनु हुन्न । वहाँको नाममा पसल थापेका पसलेहरुको शरणमाा जाऊ वा वहाँको मूर्तिलाई पुजा गर । धर्मको मतलब मानिसहरु; हिन्दु, मुस्लिम, सिख, इसाइ आदी र संघ का मतलब; त्यस धर्म द्धारा संचालित संगठनलाई बुझन थाल्यो । जुन बल्कुल सरासर झूठ हो ।
बास्तविकमा बुद्धम शरणम गच्छामिको मतलब; त्यो व्यक्तिको शरणमा जानु, जसले बुद्धत्व प्राप्त गरि सकनु भएको छ र हामीलाई बुद्धत्वको मार्गमा दिशा निर्देश गर्न सक्नु हुन्छ । यहाँ बुद्धको मतलब मानिसको चेतनाको परम अवस्थालाई इंकित गरि रहेको छ । जब कुने व्यक्ती संसारी पि.एच.डी. को उपाधी प्राप्त गरी हाल्दा, हामी डाक्टर भनेर सम्बोधन गछौ । त्यस्तै जुन व्यक्ति सत्यको परम गहराइलाई अनुभव गरि हाल्छ । त्यसलाई ‘बुद्ध’ भनिन्छ । बुद्धत्व सबै मानिसहरुको जन्मसिद्ध अधिकार हो । यदी कोइ बन्चित हुन्छ भन्ने दुर्भाग्य त्यसको । धम्मम शरणम गच्छामि; कुनै पनि सदगुरु तपाईलाई मागर्दशन बाहेक केही अनुभव गराउन सक्नु हुन्न । बुद्धत्वकोलागी सदगुरुको सानिध्यमा तपाईलाई आफ्नो भित्रको अन्र्तयात्रा गर्नु पर्दछ । बुद्धले जीवन भरी आफ्नो भिँक्षुहरुलाई अनेकौ बहानाले “अप्प दिपो भवः” को सन्देश दिनु भयो । तर अपवाद बाहेक कसैले पनी सुनेन । यसर्थ, आपनो दियो आफै बन्नु, किनभने कसैको दियो तिम्रो अन्ध्यारो हटाउन सक्दैन् । यति सम्मकी मेरो दियोले पनी । शिष्य सधै सदगुरुको मुख्य सन्देशबाट बन्चित भै हाल्छ । जब बुद्ध अन्तिम समयमा जीवनबाट विदा लि राख्नु भएको थियो । त्यतिबेला अधिकाशं भिक्षुँ दुखी थियो र जसले बुद्धको जीवन कालमा नैं आफू भित्रको दियो जलाई सकेका थिए । त्यसले हर्षेलास पूर्वक खुसी–खुसी आनन्द भाँवले भगवानलाई विदा गरी रहेका थिए ।
भगवान गौतम बुद्धकी आखरी बहुमुल्य बचन हैं । संंघम शरणम गच्छामि; बुद्धत्व प्राप्त व्यक्तीहरु सँग हुनु हो । एक पल्ट कुनै भिक्षुले बुद्ध सँग सोध्नुभो ? भगवन हामी कस्तो व्यक्ती सँग सँगत गर्ने ? बुद्धले भन्नु भयो, “तिमी सधै आफू भन्दा माथीको प्रज्ञावान मानिसहरु सँग बस्ने कोशिश गर ।” त्यस पछी भिक्षँुले सोध्यो, “यदी आफू भन्दा माथीको प्रज्ञावान व्यक्ती मिले न भन्ने ?” भगवानले भन्नु भो, “कम से कम आफू सरको साधक सँग” अन्तिममा भिक्षँुले सोध्यो, “भगवान आपनो समान साधक पनी मिलेन भन्ने ?” भगवानले भन्नु भयो, “जगंलमा पागल जस्तै एकलै भौतारिनु तर आफू भन्दा कम स्तरको मानिस सँग कदापी पनी संगत नगर्नु ।” संंघम शरणम गच्छामिको अर्थ एउटा अरु ढँगबाट बुझने कोशिश गरौ । कुनै पनी काम एक्कलै गर्नु भन्दा समूहमा गर्दा उपलब्धि धेरै सहज र सरल हुन जान्छ । किनभने सबै मानिसको यात्रा एउटै दिशामा हुने भएकोले, कमजोर मानिसको यात्रा पनी सफल भै हाल्छ । जबकी केही व्यक्तीकोलागी एकलै यात्रा गर्नु मुश्किल मात्र होइन असम्भव पनी हो । जसरी केही २५–३० जनाकोे समूहमा नदी पार गर्दा एक दुई जना कम पौडी खेल्ने मान्छे पनी सबैको साथले नदी पार भै हाल्छ । दोस्रो कुरा; हामी जस्तो मानिसहरुको बैचमा बस्छौ, त्यस किसिमका उर्जा हाम्रो चारै तिर तरङ्गित भै रहन्छ । जती पनी कामुक अशान्त मानिसहरु; मन्दिर, मस्जिदमा जादा खेरी केही समयकोलागी शान्ती महसूस गरी रहेको हुन्छ । यसै प्रकार जती पनी ब्रहमर्चय साधक होस । गदी बेश्यालय र मदिरालय को नजिकबाट गुर्जिदा केही समयको लागी आफूलाई कामुक महसूश गर्दछन् । यसैलाई आध्यात्मिक भाषामा आभामंडल (औरा) भन्छन् । यसैले बुद्ध आफ्नो दस हजार भिक्षुहरु सँग साथ–साथै यात्रा गर्नु हुन्थ्यो । जब बुद्ध दश हजार भिक्षुहरु सँग एकै पल्ट कुनै गाउँबाट गुजरनु हुन्थ्यो । त्यती वेला त्यस गाउँका साथै आसपासको स्थानहरुको बातावरण बदलेर शान्तिको लहर छाई हाल्थ्यो ।
अन्तः यहाँहरुले यति सम्म पढेर मलाई साथ दिनु भएकोमा धेरै–धेरै धन्यवाद । यहाँहरु लाई मेरो तर्फबाट बुद्ध पूर्णिमाको मंगलमय शुभकामना छ । म ईश्वर सँग प्राथना गर्दछु की यहाँहरुलाई जीवनको बुद्ध को जीवन रुपान्तरण मन्त्र; बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि, संंघम शरणम गच्छामि को शौभाग्य मिलोस र यही जीवनमा “अप्प दिपो भवः” बन्ने अवसर प्राप्त होस । धन्यवाद ! मेरे नमस्कार स्वीकार गर्नु होला ।
नोटः लेखक “जिवन दर्शन” आध्यात्मिक जन–जागरण अभियानका आध्यात्मिक अभियन्ता हुन ।