अपडेट 
२०७७ बैशाख २६, शुक्रबार ०८:२६

कलैया ।सीमाक्षेत्रमा आउजाउ पूर्ण रुपमा निषेध गरिएको बेला विहिवार नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकहरुलाई रोक्न प्रहरीले हवाईफायर गरेको हो ।

बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्रमा भारतीयहरुले प्रवेश गर्न खोजेका थिए ।उनीहरुलाई रोक्ने प्रयासगर्दा सशस्त्र प्रहरी बिट नै भत्काउने प्रयास गर्न थालेपछि प्रहरीले हवाईफायर गरेको छ ।

दुईवटा गाडीमा आएका भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेका थिए ।उनीहरुलाई रोक्न सशस्त्र प्रहरीले प्रयास गरेपछि अक्रामक भएर प्रहरी पोष्ट नै भत्काउन खोजिएको थियो ।

बिहारको हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्ने प्रयास गरेका भारतीय नागरिकहरुले प्रहरीमाथि हातपात र ढुंगामुढा गरे ।स्थिति अनियन्त्रित हुन लागेपछि प्रहरीले हवाईफायर गरेको थियो ।

सशस्त्र प्रहरीमाथि भारतीयले आक्रमण गर्ने प्रयास गरेपछि स्थानीय नेपालीहरुपनि सीमामा पुगेका थिए ।नेपालीहरु सशस्त्र प्रहरीको मद्दतमा पुगेपछि भारतीय सुरक्षाकर्मीहरुले सम्झाइबुझाइ भारतीय नागरिकहरुलाई घर फर्काएका थिए ।

सीमावर्ती क्षेत्रका भारतीय नागरिकहरुले खेतमा जान नेपाली भूमी प्रयोग गर्नुपर्ने बाध्यता छ ।उनीहरुको ३० बिघा जति खेतमा नेपालको बाटो भएर जानुपर्नेछ ।तर दुवै देशमा लकडाउन भएपछि सीमामा आउजाउ गर्न पूर्ण रोक लगाइएको छ ।

खेतमा लगाइएको तरकारी टिप्नका लागि जान दिन पटक पटक आग्रहगर्दा समेत नमानेको बताउँदै भारतीय नागरिकहरुले एक्ला एक्लै जान नदिएको बताए ।

ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको सुवर्ण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष महेन्द्र प्रसाद यादवले बताए ।

‘सीमावर्ती हनुमान नगर गाउँका बासिन्दा पानी परेको मौका छोपेर नेपाल छिर्न खोजेका थिए,’ अध्यक्ष यादवले भने, ‘ सशस्त्र प्रहरीले रोक्न खोजेपछि उनीहरु हातपात गर्न लागेका थिए ।

पहिले दुई जना भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेका थिए ।उनीहरुलाई सशस्त्र रोकेपछि दुई गाडी थप नागरिक आएका थिए । उनीहरुले सशस्त्र प्रहरीको पोष्ट नै भत्काएपछि भीड नियन्त्रणका लागि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जनाए ।

Comment


Related News

Latest News

Trending News