अपडेट 
२०७७ बैशाख २६, शुक्रबार ०८:४०

काठमाण्डु ।नवगठित जनता समाजवादी पार्टीको केन्द्रिय कार्य सम्पादन समिति ५१ सदस्यीय बनाउने विषयमा छलफल सुरु भएकोछ ।

राष्ट्रिय जनता पार्टी(राजपा) पक्षधर नेताहरुको विहिवार मध्यान्ह बसेको अध्यक्ष मण्डलको बैठकमा समाजवादी पार्टीबाट आएको ५१ सदस्यी कार्य सम्पादन समिति बनाउने प्रस्तावमा सकारात्मक धारणा बनाइएकोछ ।

दुवै दलबाट बराबर संख्या राखेर कार्यसम्पाद समिति बनाउन सहमति भएको छ । त्यसको एक तिहाईमा नबढनेगरि सचिवालय समिति बनाउन दुवै दलका नेताहरु सहमत देखिएका छन् ।

राजपाले केन्द्रिय कार्य सम्पादन समितिलाई अझ ठूलो बनाउन चाहेका थिए ।तर समाजवादी पार्टीले ठूलो कमिटी बनाए संगठन सशक्त हुन नसक्ने तर्कदिदै ५१ सदस्यीय समितिमा सहमति बनाएको छ । राजपाका अध्यक्ष मण्डल सहित सकृय पदाधिकारीहरु मध्येबाट १९ जना सो समितिमा रहनेछ ।

समाजवादी पार्टीबाट पनि सो ही अनुसार रहनेछ ।विधान र घोषणा पत्रका लागि दुवै दलबाट २÷२ जना रहेको समिति बनाइएको छ ।समितिले विधान र घोषणा पत्रको मस्यौदा तयार गर्नेछ ।

राजपा अध्यक्ष मण्डलको बैठकमा कुनै सहमति हुन सकेन् ।शुक्रवार बिहान साढे ११ बजे फेरी अध्यक्ष मण्डलको बैठक बस्ने भएको छ ।अध्यक्ष मण्डलका केहि सदस्यहरुलाई आफ्नो भूमिका प्रभावकारी बनाउन केहि सदस्यहरुलाई शुलीमा चढाउने तयारी गरेका छन् ।अध्यक्ष मण्डलमा सहमति नभए सम्म दुवै दलबीचको एकिकरण प्रकृया अगाडी बढन सक्दैन् ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसित अहिले महतो सामिप्यता बढाउने प्रयासमा छन् ।अध्यक्ष मण्डलका एकजना सदस्यका अनुसार राजपा अध्यक्ष मण्डलमा सहमति जुटाउने वातावरण बनाउन समाजवादी पार्टीका नेताहरु लचकता देखाएका छन् ।

गत १० गते दुवै पार्टी राती एकिकरण भएको सहमति पत्रमा नेताहरुले हस्ताक्षर गरेका थिए ।प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी फुटाउन अध्यादेश नै ल्याएपछि दुवै दल एकिकरण हुन सहज वातावरण बनेको थियो ।त्यो अध्यादेश ४ दिनमै सरकारले फिर्ता लिएपनि ओलीका लागि अहिले घाँडो बनेकोछ ।

राजपाका एकजना नेताका अनुसार शुक्रवारको बैठकमा सहमति भएको अधारमा समाजवादी पार्टीसितको वार्ता अगाडी बढनेछ ।

Comment


Related News

Latest News

Trending News