अपडेट 
२०७७ बैशाख २६, शुक्रबार १५:२३

काठमाण्डू । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न भएको छ ।

सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराउनु भएको थियो ।

आज अपराह्न ४ बजेदेखि शुरु हुन लागेको सङ्घीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उहाँहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News