अपडेट 
२०७७ बैशाख २७, शनिबार १२:४९

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराईस्थित एक युवाले ४ बर्षदेखि निजि
लगानीमा खानेपानी वितरण गर्दै आएका छन् ।पौराई गाउँमा गर्मी मौसममा हैण्डपाइप र ईनारमा पानी सुक्ने गरेको तथा फागुनदेखि जेठसम्म खानेपानीको समस्या देखिने गरेको कारण एक मनकारी युवाले आफ्नो कृषि प्रयोजनका लागि गाडेको बोरिङ्गबाट ४ वर्षदेखि खानेपानी वितरण गर्दै आएको हो ।

गत एक दशक यता सुख्खा मौसममा चुरे छेउका गाउँमा गाडिएको ट्यूवबेल,धारा र ईनारमा पानी
सुक्ने गर्छ । बिगत ४ बर्षदेखि स्थानीय सन्देश श्रेष्ठले निजी लगानीमा सन्चालित बोरिङ्ग मेशिनबाट गाउँलेलाई खानेपानी दिँदै आएका छन् । घर–घरसम्म पाइप लाईन ओछ्याउने र रिजर्भ ट्याँकी जडान गर्ने समेतमा उनको लगानी रहेको छ ।

श्रेष्ठका अनुसार वर्षाैदेखि गाउँमा खानेपानीको समस्या थियो । चुरे फेदी नजिकका गाउँमा गर्मीयाममा पानीको मुहान सुक्ने गरेको छ ।टोल छिमेकको आग्रहमा उनले सामाजिक उत्तरदायित्व ठानेर आफ्नो गैरीखेतमा सिचाँई प्रयोगका निम्ति गाडीएको मोटरबाट एकसय १० घरधुरीलाई पानी खुवाउने काम गरेको बताउछन् ।उनले हालै बिद्युत प्राधिकरण चन्द्रनिगाहपुरले सिचाँईको मोटरबाट पानी तानेर टोलमा खानेपानी बितरण नगर्न सुझाव दिएको बताए ।

उनले भने कृषि कामका लागि गाडेको मोटर लकडाउनमा पानी नछाड्दा गाउँलेको दवाव हुन्छ । पौराई खानेपानी उपभोक्ता समितिमार्फत निर्माण थालिएको खानेपानी ट्याँकी अझै सँचालनमा छैन् । खानेपानी ट्याँ की निर्माण कार्य बन्द छ ।श्रेष्ठले नीजि लगानिमा गाँउलेलाई वितरण गरेको मोटरको पानी रोकिँदा समस्या हुने स्थानीय सुकेन्द्र गोलेले बताए ।

संकटको घडीमा खानेपानीको स्रोत बन्द गर्न नहुने गोलको भनाई रहेको छ । चार बर्षअघि मलेशियाबाट फर्किनुभएका श्रेष्ठले यो समस्या देखेपछि आफ्नै खर्चमा मोटर गाडेर घर–घरमा पानी वितरण गर्दै आएको श्रेष्ठले बताए ।

उनका अनुसार,गाँउमा आफ्नै कृषि फार्म रहेको र खानेपानि वितरण गरे बापत बिजुली महशुल र कामदारको पारिश्रमिक स्वरुप मासिक प्रतिघर दुईसय रुपियाँ लिने गरेको श्रेष्ठले जानकारी दिएका छन्

Comment


Related News