अपडेट 
२०७७ बैशाख २७, शनिबार १३:४७

कञ्चनपुर । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण खाद्य अभाव झेल्दै आएका कञ्चनपुरका २४ हजार ४६५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नौवटै स्थानीय तहले एकद्वार प्रणालीमार्फत राहत सामग्री वितरण गरेका हुन् । स्थानीय तहले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने र अतिविपन्न परिवारको छनोट गरी वडा कार्यालयमार्फत राहत सामग्री लक्षित परिवारसम्म पु¥याएका छन् । सामाजिक दूरी कायम गरी वडा कार्यालय र घरमै पुगेर राहत वितरण गरेका छन् ।

महिनाभर खान पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने परिवार, भारतीय मजदुर र विपन्न परिवारलाई ३० किलो चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई प्याकेट नुन, दुई लिटर खानेतेल, चारवटा साबुनका दरले दुई हजार ८४२ परिवारलाई राहत सामग्री वितरण गरेको नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

राहत वितरण मापदण्डअनुरुप राहत पाउनैपर्ने असङ्गठित श्रमिक, असक्त अपाङ्ग, विपन्न र बादीकोे अनुगनम गरेर मात्रै राहत सामग्र्री उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार चामल ४६ हजार ४७० किलो, दाल चार हजार ६४७ किलो, नुन तीन छ हजार ९८ प्याकेट, खानेतेल तीन हजार ९८ लिटर, साबुन पाँच हजार ६९८ र चिनी तीन हजार ९८ किलो वितरण गरिएको छ ।

जसका लागि नगरपालिकाले रु ६६ लाख सात हजार रकम खर्च गरेको छ । दोस्रो चरणको राहत वितरणका लागि सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएको रु २२ लाख ३० हजार रकम राहत वितरण गर्नका लागि वडामार्फत परिचालन गरिएको छ । कृष्णपुर नगरपालिकाले चार हजार २२० परिवारलाई राहत सामग्री वितरण गरेको छ । नगरप्रमुख कर्णबहादुर हमालका अनुसार दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुको घरमै पुगेर राहत सामग्री वितरण गरिएको छ । नगरपालिकाको आन्तरिक बजेट खर्च गरेर र दातृ निकायले उपलब्ध गराएका राहत सामग्री लक्षित वर्गमा वितरण गरिएको छ ।

राहत सामग्रीका रूपमा चामल २५ किलो, दाल दुई किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलो, साबुन एक वटाका दरले वितरण गरिएको छ । बेदकोट नगरपालिकाले तीन हजार ४९२ परिवारलाई राहत सामग्री वितरण गरेको छ । जसमा चामल चामल २५ किलो, दाल दुई किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलो, साबुन एक, मास्क दुई रहेको छ । लालझाडी गाँउपालिकाले एक हजार ११८ परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । चामल २० किलो, दाल दुई किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलो, साबुन दुईवटाका दरले वितरण गरेको छ । महाकाली नगरपालिकाले दुई हजार ११९ परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

चामल १५ किलो, दाल दुई किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलोका दरले वितरण गरिएको छ । बेलौरी नगरपालिकाले दुई हजार २७६ परिवारलाई राहत सामग्री वितरण गरेको छ । जसमा चामल १५ किलो, दाल साढे एक किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलो, साबुन दुई रहेको छ ।

यसैगरी बेलडाँडी गाउँपालिकाले ९९१ परिवारलाई चामल १५ किलो, दाल एक किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलो, साबुन एक वटाका दरले वितरण गरेको छ । पुर्नवास नगरपालिकाले ८२९ परिवारलाई चामल १० किलो, दाल एक किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलो, साबुन एक वटाका दरले वितरण गरेको छ । भीमदत्त नगरपालिकाले सात हजार ८७१ परिवारलाई चामल १० किलो, एक दुई किलो, चिनी एक किलो, तेल एक लिटर, नुन एक किलो, साबुन एक वटाका दरले वितरण गरेको छ ।

Comment


Related News

Latest News

Trending News