अपडेट 
२०७७ बैशाख २७, शनिबार १५:०६

बारा । प्रदेश नं २को मुख्यमन्त्री लालबावु राउतले श्री नं २८ बाहिनी अड्डा बाराको जितपुरमा ‘एकीकरण स्मृति उद्यान’को आज शिलान्यास गर्नुभएको छ ।

नेपाली सेनाको इतिहास प्रवद्र्धनमा सहयोग पु¥याउँदै राष्ट्रिय एकतालाई टेवा पु¥याउन र नेपालको एकीकरण अभियानमा मधेशवासीको योगदान झल्काउने खालको सो स्मृति उद्यान निर्माण हुने मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी गराउनुभयो ।

सो अवसरमा भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालगायतको उपस्थिति थियो । सामाजिक दूरी कायम गरी सो कार्यक्रम सम्पन्न भएको थियो ।

Comment


Related News

Latest News

Trending News