अपडेट 
२०७७ बैशाख २८, आईतवार ०७:३०

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाबाट सशस्त्र प्रहरीले २० किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण हेडक्वार्टर धनुषाका अनुसार जिल्लाको विदेह नगरपालिका ५ बाट उक्त गाँजा बरामद भएको हो ।

ड्यूटिमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि एकराहीबाट सराबेतर्फ गाँजा लग्दै गरेका तीन जना व्यक्तिले गाँजाको पोका फालेर फरार भएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

बेरिएको प्लाष्टिकको झोलाभित्र मेसिनले पेलेर प्याक गरिएको गाँजा बरामद भएको र आवश्यक प्रकृया पूरा गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाइने खड्काले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News