अपडेट 
२०७७ बैशाख २८, आईतवार ०९:१५

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी जनताको सेवा भन्दा पनि अनियमिततामा लागेको आरोप लागेको छ ।महानगरपालिकाका कै एक वडा अध्यक्षले पत्रकार सम्मेलन गरी नगर प्रमुख बिजय कुमार सरावगी केहि आसेपासे तथा बाहिरिया बिचौलियाहरुको अनेक परपञ्चमा लागेको अरोप लगाएका छन् ।

महानगरपालिका वडा नम्बर १४का वडा अध्यक्ष भरत रतउत कुर्मीले शनिबार दिउसो वडा कार्यालयमा गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख सरावगीले गरेको भ्रष्टाचारको खुलासा गरेपछि आफ्नो बिरोधमा ‘बकबकाउदै सन्कि पारामा’ अनर्गल प्रचार गरेकोमा नगर प्रमुख सरावगीको झुठो प्रचारबाजीबाट सावधान हुन सबैलाई आग्रह समेत गरेका छन् ।

वडा अध्यक्ष राउतले जारी गरेको प्रेसविज्ञप्तीमा वीरगन्ज महानगरपालिकाले आफै खरिद गरेर यस वडामा राहत बितरणका लागि पठाएको चामल गुणस्तरहीन फेला परे पछि आफुले त्यसलाई स्विकार गरी बितरण गर्न नमानेको कुरा जानकारी गराउदै महानगरपालिकाले पठाएको राहतमा ३ वटा गम्भीर गडबडि फेला परेपछि त्यसलाई वडाबासी माझ बितरण गर्न नमानेको कुरा उल्लेख गरिएको छ ।

महानगरपालिकाले पठाएको चामललाई वजन गर्दा , भनिएको भन्दा कम वजन निस्किऐको, बोरा खोलेर त्यसलाई पोका बनाउन लागेको बेला चामल कुहिएर डल्लो परेको फेला परेको थियो पत्रकारसम्मेलनमा वडा अध्यक्ष कुर्मिले पुन जानकारी गराएका छन ।

त्यसपछि थप बोरा खोलेर हेर्दा त्यसतै भेंटिएपछि आफुहरुले बोराहरुमा ,उत्पादनको तिथी मिति उल्लेख नभएको लगायत अनेकौं गडबडि भएको बारेमा तत्कालै महानगरका प्रमुख विजय रसावगीलाई जानकारी गराएको बताए पछि उनले बढि बिग्रीएको चामल हटाएर अलिअलि बिग्रीएको बितरण गरिदिन आग्रह गरे वडा अध्यक्ष राउतले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।नगर प्रमुख सरावगीले उत्त कुरा कसैलाई नभन्न भनेर प्रलोभन पनि दिएको, तर मँ मेरो जनतालाई बिग्रेको चामल बाड्दिन भनेर आफुले बताएपछि आफ्नो बिरुद्ध मेयरले षडयन्त्र सुरु गरेको उनले पत्रकारसम्मेलनमा उपस्थित संचारकर्मिहरुलाई जानकारी गराएका छन् ।

आफले गरेको गल्ती सुधार्नु भन्दा पनि उल्टै जनताबाट निर्वाचित जनप्रतिनिधिको बिरुद्ध आफ्ना आसेपासे कर्मचारीहरुलाई पठाएर छानबिनको झुठो प्रचार प्रसार गरी आफ्नो मान मर्दन गर्न खोजे आरोप वडा अध्यक्षले पत्रकारसम्मेलनमा व्यक्त गरे ।

जनस्तरबाट प्रतिबाद भएपछि उनको उक्त योजना तुहिए पछि अहिले आएर गलत प्रचारबाजी गरिरहेको प्रति आफ्नो गम्भीर ध्याना कर्षण भएको वडा अध्यक्ष कुर्मिले जारी गरेको पत्रकारसम्मेलनमा उल्लेख समेत गरिएको छ ।मेयर सरावगीलेनै आफुलाई फकाउन विभिन्न प्रयास गरेका र मिलेर जाऔं भन्दै आफुसंग माफी माँगेको वडा अध्यक्ष कर्मिले पत्रकार सम्मेलनमा खुलासा गरेका छन् ।

आफुले जनतासंग गद्दारी नगर्ने प्रतिक्रिया दिएको र यस सम्बन्धी समाचार लेख्नेहरुले पत्रकारिताको धर्म अनुरुप आफ्नो भनाई पनि राख्नुपर्नेमा त्यसो नगरेकोले दुख लागेको वडा अध्यक्ष कुर्मिको भनाइ रहेको थियो ।

पत्रकारिता निकै सम्मानजनक क्षेत्र भएकोले कसैको प्रभावमा परेर कसैको मानमर्दन गर्ने काममा कुनै संचारमाध्यम सहायक हुनु हुदैन भनेर बिनम्र आग्रह समेत गर्दै कुहिएको चामल खरिद प्रकरणको स्वतन्त्र छानबिनको गर्न वडा अध्यक्ष कुर्मिको माँग समेत रहेको छ ।

Comment


Related News