अपडेट 
२०७७ बैशाख २८, आईतवार १७:२२

अनिल तिवारी
वीरगन्ज
। कारोनाको कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्सा प्रहरीको कार्यसैलीको चौतर्फि बिरोध हुन थालेको छ ।

सरकारले घोषणा गरेको बन्दाबन्दी र सिमा सिल गरिपनि पर्सा जिल्लामा दर्जनौ व्यक्ति भारतबाट नेपाल प्रवेश गर्न सफल भएका छन् ।सुरुमा कारोना रोगको सक्रमण देखिएका तिन जना जमातीमा रोग सक्रमणको कारण पता लगाउन अहिले सम्म असफल रहेको छ ।

तर बन्दाबन्दीको समयमा प्रहरीले आम नागरिकहरुलाई अनाहकमा दुख दिएको बिरोध समय समयमा चौतर्फि भैरहेको छ ।आइतबार दिउसो वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाइ प्रहरीले पक्राउ गरेपछि पर्सा प्रहरीको ज्यादतीको बिरोध सामाजिक संजालमा निकै नै देखिएको छ ।

वीरगन्जको लिंकरोड स्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आइतवार दिउसो २ बजे पत्रकार यादवलाइ प्रहरीले पक्राउ गरेको हो ।नया पत्रिका र रेडियो नारायणीमा कार्यरत यादवको पक्राउका कारण अहिलेसम्म खुल्न नसकेको पत्रकार महासंघ पर्साका अध्यक्ष श्यमबन्जाराले बताए ।

एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किंग गरि राखेका थिए । दुइ वटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुमा यादवलाइ लछार पछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधीक प्रमुख दिपेन्द्र साहले जानकारी दिए ।

साहले भने ,‘ प्रहरीले गाली गर्दै मोटरसाइकल हटाउन भने , तिवारी यादवले गाली नगर्नुस् हामी हटाइ हाल्छु भन्ने बित्तीकै एक जना असइले लछारपछार गर्दै यादवलाइ गाडीमा हालेर लगे ।प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको साहले बताए ।एफएम स्टेशनकै गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएका पत्रकार यादवलाइ प्रहरीकै भ्यान भित्र राखिएको छ । उनलाइ गाडीबाट झर्न दिइएको छैन ।

पत्रकार यादवलाइ प्रहरीले पक्रेर लगेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सन्चारकर्मीहरुलाइ समेत यादवसंग भेट गर्न दिइएको छैन ।लकडाउनमा प्रहरीको ज्यादती बढेको छ , उनले भने ,‘ अरु तिरको रिस प्रहरीले सन्चारकर्मी माथि पोख्न थालेको छ, प्रहरीको यो रवैयाको सशक्त प्रतवाद गरिन्छ ।

पत्रकार यादव पक्राउ परेको घटना बारे बुझन पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तलाइ फोन गर्दा उनले भनिन् ,‘ डिआइजी साब आउनु भाछ म त्यसैमा अहिले व्यस्त छु पछि कुरा गरौंला ।

Comment


Related News

Latest News

Trending News