अपडेट 
२०७७ बैशाख २९, सोमबार ०९:०२

जनकपुरधाम । धनुषामा छोराको आक्रमणमा परी गम्भीर घाइते भएका पिताको मृत्यु भएको छ । आफ्नै छोराले दाउराको चिर्पट प्रहार गर्दा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठ गम्भीर घाइते भएका थिए ।

उनको शनिबार राति उपचारका क्रममा विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा ३० वर्षीय छोरा नरेश महासेठले मंगलबार बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । छोरोको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका उनलाई सोही दिन उपचारका लागि विराटनगर लगिएको थियो ।

चिर्पट प्रहार गर्ने नरेश फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News