अपडेट 
२०७७ बैशाख २९, सोमबार ०९:१०

महोत्तरी। गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् ।

बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।

मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ । यस आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो ।

बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ कसको बोलावटमा गएका थिए यसको खोजी गरिने प्रहरीले जनाएको छ ।

Comment


Related News