अपडेट 
२०७७ बैशाख २९, सोमबार ०९:४६


अनिल तिवारी
वीरगन्ज ।
कोरोनाबाट सुरक्षित रहन लागु गरिएको लकडाउनमा पर्सा प्रहरीको ज्यादती बढन थालेकोछ । कार्यक्षेत्रमा खटिएका पत्रकारलाई प्रहरीले सञ्चार माध्यमको ढोकाबाट नै पक्राउ गरी ७ घण्टा पछि रिहा गरेको छ

प्रेसको ज्याकेट र कार्ड बोकेर आफ्नो कार्यालयको बाहिर सुस्ताउन बसेका पत्रकार बिचारी यादवलाई प्रहरीले हातपातगर्दे भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा आइतवार दिउँसो लगेको स्थानीय प्रत्यक्षदर्शी पत्रकारले जनाए ।

एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किङ्ग गरि राखेका थिए । दुइ वटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुमा यादवलाइ लछार पछार गर्दै भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी दिपेन्द्र साहले जनाए ।

‘प्रहरीले मोटरसाइकल हटाउन यादवलाई गाली गरे’साहले भने, तिवारी यादवले गाली नगर्नुस् हामी हटाइ हाल्छु भन्ने बित्तीकै एक जना असइले लछारपछार गर्दै यादवलाइ गाडीमा हालेर लगे । प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसको उनले बताए ।पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएका पत्रकार यादवलाइ प्रहरीकै भ्यान भित्र लामो समय राखिएको थियो ।

उनलाइ गाडीबाट झर्न दिइएको थिएन् ।पत्रकार यादवलाइ प्रहरीले पक्रेर लगेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका सञ्चारकर्मीहरुलाइ समेत यादवसंग भेट गर्न दिइएन् ।

‘लकडाउनमा प्रहरीको ज्यादती बढेको छ’ जिल्ला प्रहरी कार्यालय पुगेका सञ्चारकर्मीहरुले प्रतिकृया जनाउँदै भने, अरु तिरको रिस प्रहरीले सञ्चारकर्मी माथि पोख्न थालेकाछन् । प्रहरीको यस्तो रवैयाको सशक्त प्रतिवाद गरिने उनीहरुले जनाए ।

पत्रकार यादव पक्राउ परेको घटना बारे बुझन पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तलाइ फोन गर्दा उनले भनिन्, डिआइजी साब आउनु भाछ म त्यसैमा अहिले व्यस्त छु पछि कुरा गरौंला ।

Comment


Related News

Latest News

Trending News