अपडेट 
२०७७ बैशाख २९, सोमबार २२:२४

काठमाण्डू। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घले आज काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको भत्सर्ना गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दीपक भट्टराई, बलदेव तिम्सिना र युवराज पाण्डेगायत १०० भन्दा बढी विद्यार्थी नेतालाई गिरफ्तार गरेको काँग्रेसको जनाएको छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले तत्काल उहाँहरुलाई रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्चस्तरीय कुटनीतिक पहलमार्फत गम्भीर बन्न सरकारलाई अपिल गर्नुभयो ।

Comment


Related News