अपडेट 
२०७७ बैशाख ३०, मंगलवार ०८:१३

राजविराज ।प्रदेश २ को पाँचौ जिल्ला सप्तरीमापनि कोरोना भाइरसको संक्रमित फेला परेका छन् । लकडाउनकै अवधीमा उनी वैशाख ९ गते सप्तरी पुगेका थिए ।

१९ दिन क्वारेन्टाइनमा राखिएका युवकमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएपछि आइतवार घर पठाइएको थियो ।सोमवार बिहान उनको रिर्पोट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउँदा पोजेटिव रहेको पुष्टि भएको हो ।

प्रहरीले १८ वर्षिय युवकको व्यापक खोजीपछि दिउँसो फेला पारेर गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको आइसोलेशनमा राखेर उपचार थालिएकोछ ।

यस अघि प्रदेश २ को पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा संक्रमित फेला परेका थिए ।सबै भन्दा बढी संक्रमित पर्सा जिल्लामा छन् ।सर्लाहीमा १ र अब सप्तरी जिल्लामा पनि १ जना फेला परेका छन् ।सप्तरीको डाक्नेश्वोरी नगरपालिका निवासी १८ वर्षिय पुरुष हुन् ।उनी लकडाउनमा चितवनबाट पैदल हिँडेर सप्तरी आएका थिए ।उनीसँगै अन्य १६ जनापनि आएका थिए ।

संक्रमित युवक आइतवारदेखि घर परिवारका सदस्यहरुसित पूर्ण रुपमा घुलमिल गरेकाले परिवारका अन्य सदस्यहरुकोपनि पीसीआर टेस्ट गराइने सप्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जनाए ।

उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ।योसँगै नेपालमा कोरोना भाइस संक्रमितको संख्या १ सय ३४ पुगेको छ । जसमा १ सय १ पुरुष र ३३ जना महिला छन्। ३३ जना भने निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा कपिलवस्तु यशोधरा गाउँपालिका –५ र बुद्धिभूमि नगरपालिका–७ र १० का १७, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र एकजना उमेर नखुलेका पुरुष हुन्। त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍– ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

Comment


Related News

Latest News

Trending News