अपडेट 
२०७७ बैशाख ३०, मंगलवार ०९:०३

सिरहा ।प्रदेश २ कै सिरहा जिल्लाको लहान नगरपालिका १७ स्थित गोविन्दपुरमा एक पुरूषको घांटी नै काटेर हत्या गरेको अबस्थामा मंगलवार शव फेला परेको छ ।

अन्दाजी ४० वर्षीय सफिद मियांको हत्या गरिएको अबस्थामा शव फेला परेको हो । उनी सोही ठाउको भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् ।

सोमवार राति उनको हत्या गरिएको बताइएको छ । हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Comment


Related News