२०७७ बैशाख ३१, बुधबार ०८:२२

सप्तरी । सप्तरी जिल्लामा संक्रमित देखिएका युवकसँग क्वारेन्टाइनमा रहेका सबैसहित १७ जनालाई क्वारेन्टाइनमा ल्याइएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ बर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका १२ जनासहित १७ जनालाई पुनः क्वारेन्टाइनमा ल्याइएको वडा अध्यक्ष प्रदीप साहले जानकारी दिए ।

लक डाउनको समयमा गत बैशाख ९ गते चितवनबाट घर आए लगत्तै संक्रमित देखिएका युवकसहित १३ जनालाई डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ स्थित कन्त चन्द्र मावि पातोको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको बैशाख २५ गते स्वाब संकलन गरिएपछि रिपोर्ट नपर्खिदैं २८ गते आईतबार घर पठाइएको थियो ।

तर घर पठाएको एक दिन नबित्दै हटैलका युवकमा संक्रमण देखापरेपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनलाई भर्ना गरिएपछि उनीसँगै क्वारेन्टाइनमा राखिएका १२ जनालाई पुनः क्वारेन्टाइनमा ल्याइएको वडा अध्यक्ष साहले बताए ।

घर गएपछि हजुर बुवा, हजुरआमा र आमा तथा गाउँका दुई जना युवकको सम्पर्कमा उनी गएको पाइएको वडा अध्यक्ष साहले बताए । संक्रमितको सम्पर्कमा आएका यी पाँच जनालाई समेत क्वारेन्टाइनमा ल्याइएको वडा अध्यक्ष साहले बताए ।

Comment


Related News

Latest News

Trending News