अपडेट 
२०७७ बैशाख ३१, बुधबार ०८:३९

सिरहा । सिरहामा १० बर्षीया बालिकासँग करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

लहान नगरपालिका वडा नम्बर ५ शान्ति टोलकी १० बर्षीया बालिकासँग सोमबार करणी गर्ने सोही ठाउँका व्यक्तिलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

पक्राउ पर्नेमा ४३ बर्षीय कैलास गोसाई छन् । बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं एसपी जयराज सापकोटाले जानकारी दिए ।

पक्राउ परेका गोसाईलाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको तथा पीडित तथा पीडकको स्वास्थ परीक्षण लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Comment


Related News

Latest News

Trending News