अपडेट 
२०७७ जेष्ठ १, बिहीबार ११:१४

अनिल तिवारी
वीरगञ्ज ।
पर्सा जिल्लाको कोरोना भाइरस संक्रमितको संख्यामा बुधवार फेरी ३ जना थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार संक्रमितहरु मध्ये २ जना महिला र १ जना पुरुष छन् ।संक्रमितहरुमा ३६ र ७२ वर्षका पुरुष र ३६ वर्षकी महिला हुन् ।

यसैबीच उपचारको क्रममा नारायणी अस्पतालमा भर्ना रहेका कोरोना भाइरस संक्रमितहरु मध्ये बुधवार दिउँसो फरार भएका २ जना संक्रमितलाई साँझ प्रहरीले पक्राउ गरेकोछ ।उनीहरु दुवै जना शौचालयको झ्याल फोडेर दुई तल्लामाथिबाट भागेको नारायणी अस्पतालले जनाएकोछ ।

फरार भएकाहरुमा पर्सा जिल्लाको बिन्दवासनी गाउँपालिकाको बहुअर्वा घर भएका हुन् ।उनी लागुऔषधको कारोबारी रहेको बताइएको छ ।प्रहरीको नियन्त्रणमा रहेका अथवा कारागारमा रहेको खुल्न सकेको छैन् ।प्रहरीले नियन्त्रणमा नै लिएर अस्पतालमा उनको स्वाब परीक्षण गराएको स्रोतले जनाए ।घर बहुअर्वा भएपनि प्रहरीले अस्पतालको उनको ठेगाना बीरगञ्ज महानगरपालिकाको छपकैया लेखाएको हो ।यस सम्बन्धमा प्रहरीले केहि बताउन चाहेनन् ।

तर उनलाई साँझ प्रहरीले तिलाबे पुलबाट नियन्त्रणमा लिएको हो ।उनी घर गइरहेको बेला प्रहरीको नियन्त्रणमा परेको बताइएकोछ ।फरार संक्रमित फेला परेको प्रहरीले पुष्टि गरिसकेको छ ।
त्यसैगरि अर्का एकजना श्रीराम सिनेमा हल नजिकबाट पक्राउ परेका छन् ।दुवैजनालाई फेरी अस्पतालमा राखिएकोछ ।

अस्पतालमा हाल ६७ जनाको उपचार भइरहेको छ ।१८ जना संक्रमित अस्पतालमा बेड नपाएर बाहिर नै छन् ।उनीहरुलाई कलैया अस्पतालमा राख्न अबरोध गरिएकोछ ।संघीय सरकार मातहतको सो अस्पतालमा कोरोनाका रोगीलाई डिस्चार्जगर्दै अलग नै अस्पताल सञ्चालन गर्न वीरगञ्ज महानगरपालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेकोछ ।

कमिसनका लागि गण्डक अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गर्ने आरोप लागेपनि वीरगञ्ज महानगरका मेयर विजय सरावगीले २५ बेडकै अस्पतालमा कोरोना संक्रमितलाई राख्ने अडानमा छन् ।


यसैबीच वीरगञ्ज क्षेत्रमा कार्यरत्त १ सय २० जना पत्रकारले स्वाब टेस्ट गराएका छन् ।उनीहरुको टेस्टको रिर्पोट शुक्रवार सम्म आउने बताइएकोछ ।२ जना सञ्चारकर्मी कोरोना संक्रमित फेला परेपछि सञ्चारकर्मीहरुले स्वाब परीक्षण गराएका छन् ।

संक्रमित पत्रकारहरु प्रदेश २ का मुख्यमन्त्री, प्रदेश सचिव, मुख्यन्यायधिवक्ता, नेपाली सेनाका अधिकारीहरु सम्मिलित कार्यक्रममा सहभागि भएका थिए ।प्रहरीले अस्पतालमा सुरक्षा व्यवस्थालाई कडा बनाएकोछ ।

Comment


Related News

Latest News

Trending News