अपडेट 
२०७७ जेष्ठ १, बिहीबार ११:२२

बारा । बारा प्रहरीले १३ किलो ५ सय ग्राम गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका १२ रामाथलीबाट पश्चिम पिलुवा तर्फ जादै गरेको बा ३३ प ७८७७ नम्बरको पल्सर मोटरसाईकल रोकेर चेकजाँच गर्ने क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ रामथलीकै २६ बर्षीय सागर लामा र मोटरसाईकलको पछाडी सवार सोही ठाउँका ४० बर्षीय कृष्ण लामा छन् । दुई जनाको बिचमा राखेको बोराभित्र गाँजा फेला परेको प्रहरीको भनाई छ ।

दुबैलाई नियनत्रणमा लिई लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

Comment


Related News