अपडेट 
२०७७ जेष्ठ १, बिहीबार ११:४२

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई ट्रष्ट बनाउन पहलको लागि बुधबार एक समिति गठन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० मा बुधबार भएको छलफलले महेन्द्र प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय जानकी मन्दिर संघर्ष समिति गठन गरेको हो ।२०४६ सालदेखि जानकी मन्दिरको सम्पूर्ण समितिको छानविनको माग समितिले गरेको छ ।

महन्थ र शिष्यको सम्पत्तिको समेत छानविनको माग संघर्ष समितिले गरेको छ । अघिल्लो समयमा महन्थ र शिष्य बीच विवाद बढेपछि जानकी मन्दिरलाई ट्रष्ट बनाउनुपर्ने माग उठेको छ । जानकी मन्दिरलाई ट्रष्टमा लैजान यसअघि दुई वटा समितिहरु गठन भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News