अपडेट 
२०७७ जेष्ठ १, बिहीबार १३:०१

सिरहा। प्रदेश नं २ को सिरहाबाहेक सातवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९८ पुगेको छ । पर्सामा ८२, बारा र रौतहटमा तीन–तीन, महोत्तरी र धनुषामा दुई–दुई र सर्लाही र सप्तरीमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिनुभयो ।

हालसम्म प्रदेश नं २ मा तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको छ । जसमध्ये दुई हजार ६५६ को नेगेटिभ परिणाम आएको छ । ९८ जनाको पोजेटिभ परिणाम आएको छ भने एक हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रदेश नं २ मा बढ्दै गएको सङ्क्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको भनाइ छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रक्रिया शुरु गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

प्रदेशभर १७९ क्वारेन्टाइन सेन्टरमा चार हजार १९८ श्यया क्षमता छ । जसमा हाल एक हजार ४६८ क्वारेन्टाइनमा छन् । चार हजार ५२२ होम क्वारेन्टाइनमा छन् भने आइसोलेसन बेडमा जम्मा ४० जना छन् ।

Comment


Related News

Latest News

Trending News