अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार १२:२३

जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लगायत कयौं अधिकारीहरु कोरोना भाइरस संक्रमणको चिन्तामा छन् ।पर्सा जिल्लाको नेपाली सेनाको कार्यक्रममा पुगेका मुख्यमन्त्री लालबाबु राउत, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सेनाका अधिकारीहरु समेतमा संक्रमण हुन सक्ने आशंका गरिएकोछ ।

उनीहरु हालै सहभागि कार्यक्रममा पर्सा जिल्लाका कोरोना भाइरस संक्रमित दुवै जना सञ्चारकर्मी सहभागि थिए ।त्यस मध्ये केहि सेल्फ क्वारेन्टाइनमा छन् ।

प्रदेश २ मा विहिवार साँझ सम्म ९८ जना कोरोना भाइरस संक्रमित छन् ।प्रदेश २ को सर्वाधिक संक्रमित पर्सा जिल्लामा ८२ जना छन् ।८ जिल्ला मध्ये सिरहा जिल्लामा हाल सम्म संक्रमित फेला परेको छैन् ।

सुरक्षा अधिकारीहरुले जिल्लालाई पूर्ण रुपमा लकडाउन गरेकोछ ।घरबाट मानिसहरुलाई निस्कन पूर्ण रुपमा प्रशासनले लगाएको रोकलाई सर्वसधारणलेपनि पालना गरेकोछ ।

प्रदेश २ मा मा हाल सम्म १ सय ८१ वटा क्वारेन्टाइन रहेकोछ ।त्यसमा ४ हजार २ सय ५१ बेड राखिएकोछ ।प्रदेश २ को क्वारेन्टाइनहरु मध्ये १ हजार ९ सय आठ जना रहेका छन् ।होमक्वारेन्टाइनमा ४ हजार ७ सय १४ जना रहेको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

प्रदेशमा ३ सय ९८ जना आइसोलेशन बेड रहेको र त्यस मध्ये १ सय ५ जना भर्ना रहेकाछन् । ४ हजार २ सय ३६ जनाको स्वाब लिएकोमा रिर्पोट आउन बाँकी ७ सय ७४ रहेकोछ ।पर्सा जिल्लामा मात्र २ सय ९० जनाको स्वाबको रिर्पोट आउन बाँकी छ ।

प्रादेशिक कोरोना अस्पताल जनकपुरधामको अवस्था अत्यन्त कमजोर रहेको त्यहाँ उपचाररत सञ्चारकर्मी वीरेन्द्र रमणले जनाएका छन् ।

‘आइसोलेसनमा तातो पानी खान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्’ उनले भने, तर आएदेखि राम्ररी चिसोपानी पनि खान पाएको छैन् ।उनले अस्पतालमा स्वास्थ्यकर्मीहरुको समेत समुचित व्यवस्था नभएको आरोप लगाए ।

अस्पतालमा भोजन दिएपनि पानी नभएको दुखेसो पोखे ।हाल प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरस संक्रमित ५ जना छन् ।त्यस मध्ये एकजना सञ्चारकर्मी, एकजना पुस्तक व्यवसायी, एकजना स्वास्थ्यकर्मी, एकजना मानसिक सन्तुलन ठिक नभएका र एकजना युवक छन् ।अस्पतालमा संख्या अझै थपिने संभवना छ ।

पीसीआर टेस्टको दायरा फराकिलो गरिएपछि संक्रमितहरुको पहिचान हुन थालेकोछ ।तर अस्पतालको बेथितिलाई नसुधारिए संक्रमितहरुलाई बस्न सास्ती हुनेछ ।

Comment


Related News

Latest News

Trending News