अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार १२:३२

वीरगञ्ज ।प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या ह्वातै बढेपछि अस्पतालमा बेडको अभाव भएकोछ ।पर्सा जिल्लामा बेडको कमि भएपछि क्वारेन्टाइनलाई नै अस्पतालको रुपमा प्रयोग गर्न थालिएकोछ ।

पर्सा जिल्लामा अहिले सर्वाधिक ८२ जना संक्रमित छन् ।कोरोना संक्रमितका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ६० वटा बेडको व्यवस्था गरिएपनि हाल ७० जनाको उपचार भइरहेकोछ ।तर संक्रमितहरुको संख्या बढन थालेपछि विद्यालयमा बनाइएको क्वारेन्टाइनमा नै अस्थायी कोरोना अस्पताल सुरु गरिएकोछ ।

कोरोना भाइरस संक्रमित १६ जनाको उपचार सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेकोछ । उनीहरुको पहिचान मंगलबार र बुधबार भएको थियो ।अस्पतालमा बेड नभएपछि सिद्धार्थ माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनलाई नै आइसोलेसन जस्तै उपचार थालिएकोछ ।‘संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएकोछ’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, नारायणी अस्पतालमा बेड अभाव भएपछि त्यहाँ राखिएकोछ ।

पर्सा जिल्लाकै छिपहरमाई गाउँपालिकाका कोरोना भाइरस संक्रमित पुष्टि भएको २४ घण्टा सम्म आफ्नै घरमा रहेका थिए ।अस्पतालमा बेड उपलब्ध नभएपछि उनीहरुलाई घरमै क्वारेन्टाइन गरिएको थियो ।मंगलवार नै पुष्टि भएका संक्रमितहरुलाई बुधवार राती मात्र विद्यालयमा ल्याइएको बस्नेतले जनाए ।बुधवार रातीदेखि नै त्यहाँ १६ जना कोरोना भाइरस संक्रमितलाई राखेर उपचार सुरु गरिएको जनाउँदै उनले भने, क्वारेन्टाइनलाई नै सेमिआइसोलेसन बनाइएकोछ ।

प्रदेश सरकारले कलैया अस्पताललाई स्तरोन्नतीगरि कोरोना भाइरस अस्थायी अस्पताल बनाउन प्रकृया अगाडी बढाइसकेको छ ।तर त्यहाँ कोरोना संक्रमितहरुको उपचार गर्न कलैया उपमहानगरपालिका र गढीमाई नगरपालिकाले बिरोध जनाएका छन् ।पालिकाहरुको अवरोधको कारण कलैया अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचार हुन नसकेको प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले आरोप लगाएकोछ ।

संक्रमितहरुको संख्या बढन थालेको र बैकल्पिक अस्पताल तयार नभएको बेला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले क्वारेन्टाइन रहेको सिद्धार्थ माविमा नै दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कमिसनको कारण निजी क्षेत्रको २५ वेडको अस्पताललाई कोरोना अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका छन् ।

Comment


Related News

Latest News

Trending News