अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार १२:३४

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ४ पुष्पलपुरस्थित सडक खण्डमा ट्रकले दिएको ठक्करबाट मोटरसाइकलमा सबार एक जना स्टाफ नर्सको ज्यान गएको छ ।

मृत्यु हुनेमा पुष्वलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत जनकपुरधाम उप महानगरपालिका १९ निवासी स्टाफ नर्स चन्द्ररेखा यादव रहेकी छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ख २६२७ नम्बरको ट्रकले यादव सवार बा.५२ प ६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरक्षिक तिर्थ कार्कीले जानकारी दिए ।

ठक्करले गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

ठक्करले मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका १० जमुनिया बस्ने २० बर्षीय सिद्धार्थ यादव र मृतक चन्द्ररेखाको ४ बर्षीया छोरी र २ बर्षीया छोरा घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

Comment


Related News

Latest News

Trending News