अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार २१:०९

कलैया।अस्पतालले पत्रकार र स्वास्थ्यकर्मीको स्याब सङ्कलन गरेको छ । पर्सामा कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र दुई जना पत्रकारमा सङ्क्रमण देखिएपछि बाराको कलैया अस्पतालमा पत्रकारहरुको स्याब सङ्कलन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ बाराको पहलमा ४२ जना पत्रकारको स्याब सङ्कलन गरिएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष कमलकुमार उपाध्यायले बताउनुभयो । कलैया अस्पतालमा कार्यरतसहित अन्य स्वास्थ्यकर्मी ५८ जनाको र राष्ट्रिय अनुसन्धानका दुई गरी १०२ जनाको स्याब सङ्कलन गरिएको ल्याब फाटका प्रमुख फुलमहम्द अन्सारीले जानकारी दिनुभयो ।

सङ्कलन गरिएको स्याब वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको अस्पतालका प्रमुख डा वीरेन्द्र मण्डलले जानकारी दिनुभयो । सङ्कलन गरिएको स्याबको रिपोर्ट भने दुई दिनपछि आउने उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News