अपडेट 
२०७७ जेष्ठ २, शुक्रबार २१:३५

काठमाण्डू ।राष्ट्रियसभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिद्वारा सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रमको प्रति बैठकमा टेबुल गर्नुभएको थियो ।

पारित प्रस्तावमा भनिएको छ, “सम्माननीय राष्ट्रपति महोदयद्वारा सङ्घीय संसद्को संयुक्त बैठकलाई २०७७ साल जेठ २ गते शुक्रबारका दिन गर्नुभएको सम्वोधनको लागि राष्ट्रियसभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ ।”

सभाका सदस्य दिनानाथ शर्माको प्र्रस्ताव र अर्का सदस्य शेखरकुमार सिंहको समर्थनमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रपतिद्वारा सम्बोधन गरिएको उल्लेखित आव २०७७÷७८ को नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागिसमेत यही जेठ ४, ५ र ६ गते तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक जेठ ४ गते बिहान ११ः०० बजे बस्नेछ ।

Comment


Related News

Latest News

Trending News