अपडेट 
२०७७ जेष्ठ ३, शनिबार ०७:३२

काठमाण्डु ।लकडाउनमै राष्ट्रपति विद्या देवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम शुक्रवार संसदमा प्रस्तुत गरेकी छन् ।सरकारले आर्थिक वर्षमा रोजगारी र उत्पादनमा उच्च प्राथमिकता दिने उल्लेखगर्दै कोरोना भाइरसले आन्तरिक रोजगारी गुमाएका, वैदेशिक रोजगारीबाट फर्केका र श्रम बजारमा आउने सबैलाई समेट्ने गरी रोजगारीका कार्यक्रम ल्याउने भएको बताएकी छन् ।

‘कोरोनाभाइरस महामारीका कारण यसपालि सरकारको प्राथमिकता बदलिएको छ’ राष्ट्रपति भण्डारीले भनिन्, नेपाल सरकारले आगामी दिनमा स्वास्थ्य, शिक्षा, रोजगारी तथा आर्थिक पुनरुत्थानमा प्राथमिकता दिनेछ ।

देशलाई समृद्ध र देशवासीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढ हुने बताउँदै उनले भनिन्, यस महामारीका कारण सरकारको प्राथमिकता बदलिएको छ । अबको हाम्रो कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ ।

सरकारको नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्ष भित्र वाग्मती, गण्डकी र प्रदेश नं २ का सबै स्थानमा विद्युत् सेवा पु¥याइने छ । बाँकी रहेका प्रदेशमा आगामी दुई वर्ष्भित्र पूर्णरुपमा विद्युत् सेवा पु¥याइने भएको छ । राष्ट्रिय ग्रीड तथा प्रसारण प्रणाली नपुगेका क्षेत्रमा २०० वटा सौर्य मिनी ग्रीड पु¥याउने लक्ष्य राखिएको छ । एकीकृत जलस्रोत नीति तयार पारी जलस्रोतको बहुआयामिक उपयोग गर्ने र ऊर्जा सुरक्षाको क्षेत्रमा विशेष कामगर्ने सरकारको योजना छ ।

यस्तै बङ्गलादेश र भारतमा विद्युत् व्यापारका लागि आवश्यक पहल गर्ने विषयसमेत सरकारको नीति तथा कार्यक्रममा समावेश छ । विद्युतीय सवारीको प्रवद्र्धनका लागि राजमार्ग क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गरिने छ भने विद्युतीय सामग्रीको प्रयोग तथा प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखिएको छ । यस्तै सिँचाइका आयोजनालाई समेत विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने र केही नदी पथान्तरण आयोजनासमेत शुरु गर्ने लक्ष्य राखिएको छ ।

कोरोनाभाइरस सङ्क्रमण रोक्न लगाइएका लकडाउनले आर्थिक गतिविधि शिथिल भएका कारण यसपालि देशको आर्थिक वृद्धि दर पहिले अपेक्षा गरिएकोभन्दा ४ प्रतिशतभन्दा धेरै दरले घटेर दुई दशमलव दुई सात प्रतिशतमा झर्ने सरकारले अनुमान गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण नेपालको विकासको आकांक्षा र गतिमा धक्का लागेको उनले बताइन्। अधिकतम आन्तरिक स्रोत परिचालन गरि अर्थतन्त्रलाई उत्पादनशील बनाउने, कृषि तथा आन्तरिक उत्पादनमा थप क्षति हुन नदिने उनले उल्लेख गरिन्।

Comment


Related News

Latest News

Trending News