अपडेट 
२०७७ जेष्ठ ३, शनिबार ०८:०५

जनकपुरधाम ।भारतीय सीमामा अलपत्र प्रदेश २ का नेपाली नागरिकहरुलाईपनि ल्याइने तयारी थालिएकोछ ।सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई ल्याउन जिल्ला प्रशासन कार्यालय धनुषाले तयारी थालेकोछ ।आइतवारदेखि अलपत्र नेपालीहरु स्वदेश फर्कनेछन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा शुक्रवार बसेको जिल्लाका पालिका प्रमुख र प्रशासन, सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले अलपत्र नेपालीहरुलाई ल्याउने निर्णय गरेकोछ ।

धनुषा जिल्लाका नेपालीहरुलाई जटही बोर्डरबाट ल्याइने तयारी गरिएकोछ ।‘सीमामा अलपत्र रहेका नेपालीहरुलाई भारतीय अधिकारीहरुसित समन्वयगरि स्वदेश फर्काइनेछ’ धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भने, उनीहरुलाई नेपाल ल्याउने तयारी शनिवार पुरा गरिनेछ ।

अलपत्र परेकाहरुलाई आइतवार बिहान १० बजेबाट बसमा राखेर ल्याइने उनले बताए ।बिहान १० बजे र साँझ ६ बजे बसबाट उनीहरुलाई क्वारेन्टाइन सम्म पु¥याउने व्यवस्था मिलाइएको प्रजिअ निरौलाले बताए ।सबैला नगरपालिकाका मेयर विजयशंकर साहले धनुषाका बासिन्दाहरुलाई जटही सीमामा स्क्रिनिंग गरी बसमा राखेर सम्बन्धित पालिकाहरुको क्वारेन्टाइनमा आरोलिने बताए ।

‘सीमामा नै आरडीटी जाँचगरि मात्र ल्याउनुपर्ने भनिएको हो’ मेयर साहले भने, तर टेस्ट गर्ने किटको अभाव रहेकाले तत्काल थर्मल गनले स्क्रिनिंगगरि क्वारेन्टनाइन सम्म पु¥याइनेछ ।‘क्वारेन्टाइनमा हप्तादिन भित्र उनीहरुको पीसीआर टेस्टगरि रिर्पोट अनुसार निर्णय हुनेछ’ साहले भने, सीमामा अलपत्र रहेका नेपालीहरु साह्रै कष्टमा छन् ।

सीमा क्षेत्रमा अलपत्र रहेकाहरु मध्ये करिब ३ सय जति विभिन्न उपायले नेपालमा छिरिसकेका छन् ।अब ३ सयको हाराहारीमा भारतीय सीमामा रहेका छन् ।उनीहरु सोझै घर जान पाइने छैन् ।

बसको खर्च, क्वारेन्टाइन लगायतका खर्च पालिकाहरुले मिलेर ब्यहोर्ने मेयर साहले बताए ।लकडाउनको क्रममा सीमा क्षेत्रमा आउजाउ पूर्ण रुपमा बन्द गरिएको भनिएपनि हरेक दिन लुकिछिपी मानिसहरु ओहरदोहर गरिरहेका छन् ।सीमामा तैनाथ सुरक्षाकर्मीले रकम लिएरपनि उनीहरुलाई सोझै छिराउने गरेको आरोप लाग्दै आएकोछ ।

लुकिछिपी नेपालमा प्रवेश गर्नेहरु सोझै घर सम्म जाँदा जोखिम बढने गरेको जनाउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने, सीमाक्षेत्रका नेपालीहरुलाई क्वारेन्टाइनमा राखेर पीसीआर टेस्ट हुँदा समस्या हुनेछैन् ।

Comment


Related News

Latest News

Trending News